एनआरसी र सीएएको विरोध गर्दै गोजमुमोद्वारा भारतका राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री लगायत 27 राज्यमा मुख्यमन्त्रीहरूलाई पत्रचार - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, December 22, 2019

एनआरसी र सीएएको विरोध गर्दै गोजमुमोद्वारा भारतका राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री लगायत 27 राज्यमा मुख्यमन्त्रीहरूलाई पत्रचार


गफसफ.com, दार्जीलिङ, 21 दिसम्बर।
एनआरसी र सीएएको विरोध गर्दै गोजमुमो अध्यक्ष विनय तामङले भारतका राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह,  बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीसँगै  27 वटा राज्यका मुख्यमन्त्रीहरूलाई पत्रचार गरेका छन्। यसबारे तामङले एक प्रेस विज्ञप्ती जारी गरि जानकारी दिएका छन्।

‘एनआरसी र सीएएको लागु गरिन्दा भारतका आम खाँटी नागरिकहरूलाई दुरगामी असर पर्नेछ औ यसले भारतवर्षमा राजनैतिक अनि सामाजिक अराजकता आउनको साथै डेमोग्राफिक्क  समस्याहरू देखिनेछ’  भनि उक्त पत्रमा उल्लेखित गरिएको छ । यसका साथै गोर्खाहरूलाई ओरिजिनल इन्ह्याबिटेन्ट बनाउनुपर्ने माग समेत गरिएको छ।
‘यदि एनआरसी सर्व भारतीय  स्तरमा लागु गरिन्छ भने भारतीय गोर्खाहरुलाई  ओरिजिनल इन्ह्याबिटेन्टको दर्जा प्रदान गरिएको हुनुपर्नेछ । सीएएको कानुन मुताविक दार्जीलिङ जिल्ला,  कालिम्पोङ जिल्ला,  जलपाईगुडी जिल्ला अनि अलिपुरद्वार जिल्लाहरूमा बङलादेश, अफगानिस्तान र पाकिस्तानका शरणार्थीहरूलाई राख्न पाउनेछैन’ विनय तामङले पठाएका पत्रमा लेखिएको छ।
यसका साथै उनले  दार्जिलिङ जिल्ला,  कालिम्पोङ जिल्ला,  जलपाईगुडी जिल्ला अनि अलिपुरद्वार जिल्लाहरूलाई  सीएएको कानुनी दायरादेखि बाहिर राखिनुपर्छ भन्ने माग समेत गरेको छ। यसक्रममा उनले दार्जिलिङ जिल्ला (हाल कालिम्पोङ जिल्लापनि सम्मलित थिए ) अनि डुअर्स क्षेत्रमा 1955 सालमा लागु गरिएको इनल लाइन पर्मिट यथाशीघ्र पुनः यी क्षेत्रहरूमा लागु गरिएको हुनुपर्छ भन्ने माग समेत गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad