सेना प्रमुख जनरल बिपिन रावत देशको पहिलो चिफ अफ् डिफेन्स स्टाफ नियुक्त - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, December 30, 2019

सेना प्रमुख जनरल बिपिन रावत देशको पहिलो चिफ अफ् डिफेन्स स्टाफ नियुक्त

गफसफ.com, नयाँ दिल्ली, 30 दिसम्बर।  
सेना प्रमुख जनरल बिपिन रावत देशको पहिलो चिफ अफ् डिफेन्स स्टाफ (सीडीएस)  भएका छन्। उनको स्थानमा मनोज मुकुन्द नरवणे नयाँ सेनाध्यक्ष हुने भएका छन्। केन्द्र सरकारले यसको आधिकारिक पुष्टि गरेको बताइएको छ। सेना प्रमुख विपिन रावत 31 दिसम्बर सेना प्रमुखको पदबाट अवकाश ग्रहण गर्नेछन्।

स्मरण रहोस्, बिपिन रावतलाई केन्द्र सरकारले चिफ अफ् डिफेन्स स्टाफ (सीडीएस) पदमा नियुक्त गर्ने लगभग अघिबाटै तय भएको थियो। यस विषयमा अघिबाट धेरै चर्चा चलिरहेको थिय्हो। यसभन्दा अघि प्रधानमन्त्री नरेन्द्र मोदीले 15 अगस्तको अवसरमा भाषण दिने क्रममा उक्त पदको घोषणा गरेका थिए। त्यस समयदेखि नै सेना प्रमुख बिपिन रावतलाई उक्त पदमा नियुक्ति दिने चर्च सुरु भएको हो।
सीडीएसको पद क्याबिनेट कमेटी अन् सिक्युरिटी अर्थात् सीसीएसको स्वीकृती पछि भएको हो। प्राप्त खबर अनुसार जनरल बिपिन रावतले 31 दिसम्बर नै सीडीएस पदको पदभार सम्हाल्नेछन्। सीडीएस 65 वर्षसम्म सेवारत हुनेछ। सीडीएस पदलाई तीनवटा सेनाहरू क्रमैले थल, जल अनि वायु सेनाहरूको प्रमुख पद मानिएको छ।

No comments:

Post a Comment

Post Bottom Ad