कालेबुङको नेउरा भ्याली जङ्गलमा रोयल बेङ्गल टाइगर - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, January 2, 2020

कालेबुङको नेउरा भ्याली जङ्गलमा रोयल बेङ्गल टाइगर

गफसफ.com, कालेबुङ, २ जनवरी २०२० । 

कालेबुङ जिल्ला अधिनस्थ लाभा स्थित नेउराभ्याली जङ्गलमा पुनः रोयल बेङ्गल टाइगर देखा परेको छ। वन विभागले लगाएको टर्‍यप क्यामेरामा उक्त रोयल बेङ्गल टाइगरको फोटो कैद भएको छ। नयाँ वर्षको सुरूआतमा ठिक एकवर्षपछी रोयल बेङ्गल टाइगरको फोटो कैद भएपछि वन विभागका कर्मीहरूमा खुशीको माहौल छाएको छ। 

लाभा चेकपोस्टदेखि लगभग १४ किलोमिटर टाडामा अवस्थित नेउराभ्याली जग्गलमा उक्त रोयल बेङ्गल टाइगरको फोटो कैद भएक्क हो। उक्त फोटो वन विभागको टर्‍याप क्यामेरामा गत १८ दिसम्बरको दिन कैद भएको वन विभागले जनाएको छ। जसको कारण वन विभागमा खुशीयाली देखिएको छ। क्यामेरामा उक्त फोटो कैद भएपछि वन विभागले यसलाई ठूलो उपलब्धी मानेको छ।  

स्मरण रहोस्, यसभन्दा अघि पहिलो गत १९ जनवरी २०१७ का दिन पहिलोपटक एक चालकले रोयल बेङ्गाल टाइगरको फोटो कैद गरेका थिए। त्यसको पुष्टि गर्नलाई पछि वन विभागले जङ्गलमा टर्‍याप क्यामेरा राखेको थियो भने उक्त क्यामेरामा बाघको फोटो कैद भएको थियो। त्यसपछि यसपल्ट पुन एकचोटि रोयल बेङ्गल टाइगरको फोटो क्यामेरामा कैद भएको छ।

No comments:

Post a Comment

Post Bottom Ad