सन्त अगस्तिन विद्यालयमा विदाई समारोह सम्पन्न - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, November 25, 2019

सन्त अगस्तिन विद्यालयमा विदाई समारोह सम्पन्न

गफसफ.com, कालेबुङ, 25 नोभेम्बर ।
सन्त अगस्तिन स्कुलमा आज विदाई समारोह पालन गरियो। दुईवटा चरणमा सम्पन्न भएको उक्त विदाई समारोहको पहिलो चरणमा 35 वर्षसम्म शिक्षण पेशामा अवद्ध रहेर अवकाश ग्रहण गरेका शिक्षक क्लाइभ वाट्सनलाई विदाई जनाइएको थियो। यता दोस्रो चरणमा भने दसौँ अनि बाह्रौँ कक्षा समाप्त गर्ने विदार्थीवर्गलाई विदाई जनाइएको थियो।

कार्यक्रमको पहिलो चरणमा सन्त अगस्तिन स्कुलमा 35 वर्षसम्म शिक्षकका रूपमा कार्य गरेर अवकाश ग्रहण गरेका क्लाइभ माइकल वाट्सनलाई भवपूर्वक विदाई जनाइएको थियो। यस अवसरमा स्कुलका प्राचार्य फादर जेराड लेप्चाको बाहुलीबाट स्मृती चिन्ह प्रदान गरिएको थियो भने पूर्व विद्यार्थी सङ्गठनको पक्षबाट डा. साङ्गे जिबाको बाहुलीबाट स्मृति चिन्ह प्रदान गरिएको थियो। यसैक्रममा उप प्राचार्य फादर भिक्टोर फर्नान्डिस अनि फादर डेरिक डिसुजाको बाहुलीबाट खदा अर्पण गरि सम्मान गरिएपछि विद्यालयका सम्पूर्ण शिक्षकगणसँगै अशिक्षण कर्मचारी अनि विद्यार्थीवर्गले खदा लगाएर विदाई जनाइएको थियो।
विद्यालयकै डाइमन्ड जुब्ली हलमा सम्पन्न भएको कार्यक्रममा प्राथमिक तहका विद्यार्थीवर्गले स्वागत गीत प्रस्तुत गरेका थिए। यस अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै प्राचार्य फादर जेराड लेप्चाले क्लाइभ माइकल वाट्सनले सन्त अगस्तिन स्कुललाई आफ्नो जीवनको महत्वपूर्ण 35 वर्ष दिएर ठूलो योगदान दिएको बताउँदै उक्त योगदानलाई सबैले स्मरण गरिरहने बताए। आफ्नो शिक्षण जीवनमा सधैँ कर्तव्यपरायण बनेर गरेको कार्य उल्लेखनीय रहेको भन्दै उनीबाट आफुले समेत धेरै कार्यहरू सिक्ने अवसर पाएको उनले बताए।
यस अवसरमा विदाई कार्यक्रमलाई सम्बोधन गर्दै क्लाइभ माइकल वाट्सनले सन्त अगस्तिन स्कुल आफ्नो दोस्रो घर सम्मान रहेको बताउँदै यहाँ बिताएका क्षणहरू स्मरणीय रहने बताए। उनले स्कुलमा आफ्ना सहकर्मीहरूबाट पाएको साथ, सहयोग र प्रेम र विद्यार्थीवर्गको मायाले सधैँ आफ्नो कार्यमा उर्जा प्राप्त भइरहेको समेत बताए। यसक्रममा उनले पुरा फादरहरूसँगै सबैलाई एकमुष्ट आभार व्यक्त समेत गरे। यसक्रममा उनले प्रत्येक विद्यार्थीवर्गलाई आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने कुरामा जोड दिँदै आफ्नो जिम्मेवारी बुझ्ने विद्यार्थीले नै सफलता हासिल गर्ने बताए।
कार्यक्रममा अवकाशप्राप्त शिक्षक क्लाइभ माइल वाट्सनको सम्बन्धमा शिक्षक छितेन नाङ्गेलले जानकारी गराएका थिए भने शिक्षक अनि विद्यार्थीवर्गद्वारा गीत अनि नृत्य पनि प्रस्तुत गरिएको थियो।

No comments:

Post a Comment

Post Bottom Ad