संविधानको अनुच्छेद 243 एम(3) संशोधनबारे भाजपा-गोरामुमो मुखामुखी; सांसद राजु विष्टले गल्ती गर्दैछन् – निरज जिम्बा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, November 24, 2019

संविधानको अनुच्छेद 243 एम(3) संशोधनबारे भाजपा-गोरामुमो मुखामुखी; सांसद राजु विष्टले गल्ती गर्दैछन् – निरज जिम्बा

गफसफ.com, मिरिक, 24 नोभेम्बर ।
भाजपा सांसद राजु विष्टले संविधानको अनुच्छेद 243 एम(3) संशोधन गरेर दार्जीलिङ अनि कालेबुङ जिल्लामा त्रीस्तरीय पञ्चायत चुनावको माग गरेपछि गोरामुमो पार्टीभित्र निक्कै खैलाबैला मच्चिएको छ। भाजपा सांसद राजु विष्टले संविधानको अनुच्छेद 243 एम(3) संशोधन गर्नुपर्ने मागलाई भाजपा विधायक निरज जिम्बाले खण्डन गरेका छन्। उनले आज मिरिकमा स्व. सुवास घिसिङको पैतृक घर मञ्जु चियाकमानमा पत्रकारहरूलाई सम्बोधन गर्दै सांसद राजु विष्टले गल्ती गरेको बताउँदै गोरामुमो पार्टीको कोर कमिटिको वैठक गरेर उनलाई पत्रचार गरिएको पनि स्पष्ट पारेका छन्।
File Photo
‘भारतीय संविधानको अनुच्छेद 243 एम(3) संशोधनको कुरा सांसद राजु विष्टले गरेका छन्। त्यो सहजै संशोधन हुने होइन। दागोपाप संविधानभित्रको व्यवस्था हो। त्यसै संविधानको अनुच्छेदले गोर्खा शब्दलाई संविधानमा अटाएको छ। यसबारे सांसद राजु विष्ट अनिभिज्ञ छन्। दागोपाप भन्दा बलियो व्यवस्था आयो भने मात्रै यसलाई संशोधन गर्न सकिन्छ’ विधायक निरज जिम्बाले भने। 
उनले केन्द्र सरकारले के दिनेछ भन्ने विषयमा चर्चा परिचर्चा हुनेछ भन्दै ‘छैटौँ अनुसूची भन्दा तलको व्यवस्था हामी स्वीकार गर्दैनौँ। यदि गोर्खाल्याण्ड अथवा युनियन टेरिटोरी दिन्छ भने त्यो स्वीकार गर्नेछौँ’ भने। यसक्रममा उनले पहाडमा गोरामुमो पार्टी नै अभिभावक दल हो भन्ने दाबी गर्दै आफुहरूले सबै दलहरूसँग तालमेल राखेर काम गरिरहेको समेत दाबी गरेका छन्।
‘हामी चाहान्छौ पहाडमा स्थायी राजनैतिक समाधान होस्। भाजपाले चुनावी घोषणा पत्रमा गरेको संकल्प चाँडै पुरा हुनेछ। पहाडमा अब राम्रो दिन आउँदैछ। जनताको चाहना नै हरियो झण्डाको चाहना हो। अब पाँच वर्षभित्रमा भाजपा सरकारले दिएको कुरा हामी राज्य सरकारले समेत थाहा नपाई पहाडमा भित्राउनेछौँ’ भाजपा विधायक निरज जिम्बाले भने। यसक्रममा उनले जीटीएको चौकिमा बसेर राजनीति गर्नेहरूको मियाद समेत सकेको बताएका छन्। ‘जीटीए एउटा लाश मात्रै हो। यसको चौकिमा बसेर राजनीति गर्नेहरूको पनि डेट एक्पायर भइसक्यो’ जिम्बाले भने।  

No comments:

Post a Comment

Post Bottom Ad