स्थायी राजनैतिक समाधान भनेको एकमात्र ‘गोर्खाल्याण्ड’ हो – विनय तामङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, November 16, 2019

स्थायी राजनैतिक समाधान भनेको एकमात्र ‘गोर्खाल्याण्ड’ हो – विनय तामङ

गफसफ.com, कालेबुङ, 16 नोभेम्बर।
‘भारतीय जनता पार्टीले चुनावको समयदेखि भन्दै आइरहेको स्थायी राजनैतिक समाधान भनेको के हो? हाम्रो निम्ति स्थायी राजनैतिक समाधान भएको केवल एकमात्र छुट्टै राज्य गोर्खाल्याण्ड हो। यसकारण उनीहरूले भनेको स्थायी राजनैतिक समाधान, चाहे छुट्टै राज्य गोर्खाल्याण्ड होस् अथवा युनियन टेरिटोरी  त्यो भाजपाले आगामी शीतकालिन सत्रमा बील पेश गरेर पास गर्नुपर्नेछ’-उक्त कुरा गोर्खा जनमुक्ति मोर्चा (विनय गुट) का अध्यक्ष विनय तामङले भनेका हुन्।

कालेबुङको होम्स स्थित सार्वजनिक भवनमा पार्टीको केन्द्रिय समितिको वैठकपछि तामङले पत्रकारहरूलाई सम्बोधन गर्दै उक्त सभाले आज कालेबुङ नगरपालिका अध्यक्ष रवी प्रधान, भुवन खनाल, सञ्जय थुलुङलाई केन्द्रिय समितिको सदस्यको रूपमा चयनित गरेको पनि जानकारी दिएका छन्। यसक्रममा उनले आगामी शीतकालिन सत्रमा भाजपाले जनतालाई दिएको वाचा पुरा नगरे कसरी घेर्नुपर्ने विषयमा पनि चर्चा गरिएको अनि स्थिति अनुसार रणनीति तयार गरिने जानकारी दिएका छन्।
तामङले पत्रकारहरूलाई सम्बोधन गर्नेक्रममा आफुहरूले जनताको पक्षबाट केन्द्रको सत्तामा रहेको भारतीय जनता पार्टी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, भाजपा कार्यकारी अध्यक्ष जेपी नड्डा, स्थानीय सांसद राजु विष्ट लगायत दुईजना विधायकवर्गसँगै चुनावमा भाजपालाई समर्थन गर्नेहरूमा गोरामुमो अध्यक्ष मन घिसिङ, गोजमुमो (विमल गुट) का कार्यकारी अध्यक्ष लोप्साङ लामालाई पनि आगामी 18 नोभेम्बरका दिन पत्रचार गरेर भाजपाले भनेको स्थायी राजनैतिक समाधान के हो स्पष्ट पार्नुपर्ने बताएका छन्। यसका साथै जनजातिको मान्यता र गोर्खाहरूलाई एनआरसी लागु भएको खण्डमा सम्पूर्ण भारतभरी सुरक्षा सूचीभित्र अन्तरभुक्ति गर्नुपर्ने माग पनि तामङले गरेका छन्।
‘भाजपाले शीतकालिन सत्रमा उनीहरूले बील पाश गरेर उनीहरूले आफ्नो धर्म निभाउँछ कि निभाउँदैन भन्ने हेर्नेछौँ। यदि उनीहरूले आफ्नो धर्म निभाएन भने हामी आउँदो बजेट सत्र, गृष्मकालिन सत्रमा के गर्नुपर्ने हो भन्ने विषयमा पार्टीगत रूपमा छलफल गरेर रणनीति बनाएर अघि बड्नेछौँ’ विनय तामाङले अझ भने –‘हामी एकमात्र छुट्टै राज्य गोर्खाल्याण्ड चाहन्छौँ। भाजपाले भनेको स्थायी राजनैतिक समाधान पनि बङ्गालदेखि छुट्टै राज्य गोर्खाल्याण्ड नै हुनपर्छ। विगतमा 105 दिने बन्द दिशाहिन आन्दोलनको परिणति हो जहाँ भाजपा सरकार समेत चुप लाग्दा हाम्रा मानिसहरू मरे। अब भाजपाले बितेको दशबर्ष जसरी ढाँट्यो त्यस्तो गर्न हामी दिनेछैनौँ।’ यसक्रममा उनले लद्दाखलाई भाजपाले यदि युनियन टेरिटोरि बनाउन सक्छ भने दार्जीलिङ पहाडलाई समेत युनियन टेरिटोरी बनाउन सक्नुपर्ने पनि बताएका छन्।
यसक्रममा उनले आफुहरूले चियाकमान, सिन्कोना कमान अनि डीआई फण्ड क्षेत्र र डेभलभमेन्ट क्षेत्रका मानिसहरूलाई पर्चापट्टा दिलाउने मुद्दा अघिबाटै लिइएको भन्दै आगामी एकमहिना भित्रमा सरकारबाट सर्वेक्षणको कार्य गराउन सरकार समक्ष दस्तावेजहरू पुर्‍याउने कार्य गर्ने पनि तामाङले बताएका छन्। उनले चियाकमानको निम्ति न्युनतम ज्याला अनि 105 दिने बन्दको रोज पाउनुपर्ने विषयमा आगामी दिसम्बर महिनामा सिलगडीमा वैठक हुने पनि उनले जानकारी दिएका छन्। यसका साथै सिन्कोना कमानमा थाँतीमा रहेको प्रमोशनको मुद्दा पनि अन्तिम चरणमा पुगेको बताउँदै आउँदो महिनाभित्रमा मुख्यमन्त्रीसँग वैठा गरेर समस्याको समाधान गरिने बताएका छन्। यसका साथै सिन्कोना बगानको दैनिक ज्याला पुनर्विचार गरिने पनि बताएका छन्। यसैक्रममा उनले दार्जीलिङ हिल युनिभर्सिटीको नाउँलाई राज्यपालले अनुमोदन दिएको बताउँदै अब उक्त विश्वविद्यालयको निर्माण कार्य चाँढै सुरु हुने पनि विनय तामङले बताएका छन्।  
उनले आगामी दिनमा जीटीएको चुनाव सम्पन्न भएको खण्डमा 46 वटा समष्टिमा हुनेछ भने आफुले भन्दै आएको बताउँदै कालेबुङको गोरुबथान समष्टिलाई विभाजन गरेर थप नयाँ समष्टि निर्माण गर्ने प्रस्ताव पनि पार्टीले पारित गरेको अनि यसको निम्ति सरकारलाई दस्तावेजहरू पठाउने उनले बताएका छन्। यसका साथै कतिपय समष्टिहरूको सिमाङ्कनमा अघि भूल भएको कारण ती भूल भएका सिमाङ्कनहरूलाई पनि सच्चाउने कार्य गरिनलाई पार्टीले दस्तवेजहरू तयार पारेर सरकारलाई पठाउने विनय तामङले बताएका छन्।
उनले हालमा जीटीएको पक्षमा भइरहेको विकासका कार्यहरू जारी रहने अनि टेण्डर भएका कार्यहरू पनि हुने बताउँदै आगामी केहि महिना भने नयाँ कार्यहरू पारित नहुने पनि जानकारी गराएका छन्। उनले अहिलेसम्म भएको कार्यहरूको समिक्षा गरिने अनि ठाउँ-ठाउँमा गएर बस्तुगत स्थिति बुझ्ने जानकारी दिँदै कतिपय ठाउँमा धेरै कार्य भएको अनि कतिपय ठाउँहरूमा भने कुनै कार्य नभएको कारण स्थलगत भ्रमण गरेर जानकारी हासिल गरेपछि नै नयाँ कार्यहरूको थालनी गरिने पनि विनय तामङले बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad