संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको बील ल्याउनुपर्छ – क्रामाकपा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, November 16, 2019

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको बील ल्याउनुपर्छ – क्रामाकपा

गफसफ.com, कालेबुङ, 16 नोभेम्बर। 
संसदको आगामी शीतकालिन क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा) ले छुट्टै राज्य गोर्खाल्याण्डको बील पेश गर्नुपर्ने माग गरेको छ। भारतीय गोर्खाहरूको स्थायी समाधान भएको केवल छैटौँ अनुसूची, जीटीए जस्ता व्यवस्थाहरू नरहेर केवल छुट्टै राज्य गोर्खाल्याण्ड मात्र भएको कारण भाजपाले उक्त छुट्टै राज्यको बील पेश गर्नुपर्नु क्रामाकपाको माग रहेको छ। जसबारे आज पार्टी कार्यकर्ताहरूले कालेबुङ शहरमा पोस्टरिङ गरेको छ।

पोस्टरिङ पछि क्रामाकपा नेता बिक्रम छेत्रीले पत्रकारहरूसँग कुराकानी गर्दै सांसद राजु विष्टले हालमा विभिन्न मन्त्रीहरूसँग भेट गरेर विविध मागहरूको उठान गरिरहेको भए पनि भारतीय गोर्खाहरूको मूल मुद्दा गोर्खाल्याण्ड रहेको कारण भाजपाले संकल्प पत्रमा भनिएको स्थायी राजनैतिक समाधान छुट्टै राज्य गोर्खाल्याण्डको बील पेश गर्नुपर्ने माग गरेका छन्। ‘यसभन्दा अघि 18 वर्ष दागोपाप चल्ल्यो। हालमा जीटीए चलिरहेको छ। यस्तो अवस्थामा वैकल्पिक व्य्वस्थाहरूको गोर्खाहरूको समस्या समाधान हुँदैन। यसैकारण आगामी 18 नोभेम्बरदेखि सुरु हुने संसदको शीतकालिन सत्रमा सांसद राजु विष्टले गोर्खाल्याण्डको बील ल्याउनुपर्ने हाम्रो माग रहेको छ’ विक्रम छेत्रीले भने।

2 comments:

  1. CPRM को एकदमै सही कदम हो।
    यसको निम्ति सम्पूर्ण गोर्खा आभारी हुनेछन्।

    ReplyDelete

Post Bottom Ad