गोरामुमो अध्यक्ष मन घिसिङ जनताको दुखेसो बुझ्न ‘घर दैलो अभियानमा’ निस्कने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, November 15, 2019

गोरामुमो अध्यक्ष मन घिसिङ जनताको दुखेसो बुझ्न ‘घर दैलो अभियानमा’ निस्कने

गफसफ.com, दार्जीलिङ, 15 नोभेम्बर।
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष मन घिसिङले जनतासँग सोझो सम्पर्क गर्न घर दैलो अभियान सुरु गर्ने भएका छन्। यसबारे आज गोरामुमो पार्टीका नेता वाई लामाले एक पत्रकार सम्मेलन गरेर बताएका छन्। गोरामुमो पार्टीको एक अनुपचारिक वैठक बसेपछि सोहि वैठकमा छलफल गरेर गोरामुमो अध्यक्ष मन घिसिङले जनतासँग भेटघाट गर्नका निम्ति घर दैलो अभियान सुरु गर्ने निर्णय गरिएको वाई लामाले बताएका हुन्।
‘जनताको कुरा थप बुझ्नका निम्ति गोरामुमो अध्यक्ष मन घिसिङले दार्जीलिङ ब्राञ्जको रिम्बिक लोधोमाबाट यो घर दैलो अभियान सुरु गर्नेछन्। प्रथम 17 नोभेम्बरका दिन रिम्बिक लोधोमा समष्टिमा चारदिने कार्यक्रम रहेको छ। त्यस चार दिन उनले गाउँका सम्पूर्ण मानिसहरूको घर दैलोमा पुगेर जनताको दुखेसो र पार्टीको अवस्थाहरूबारे बुझ्नेछन्’ वाई लामाले भने। उनले उक्त भ्रमण सकेपछि रहेका अन्य समष्टिहरूको भ्रमण गर्ने योजना रहेको उनले थप बताएका छन्।
‘यो कार्यक्रम दार्जीलिङमा मात्र नभएर खर्साङ लगायत कालेबुङमा पनि हुनेछ। यसका साथै हाम्रो दिल्लीमा पनि कार्य चलिरहेको छ’ वाई लामाले थप भने।

No comments:

Post a Comment

Post Bottom Ad