स्वतन्त्रता सेनानी प्रतिमानसिंह लामा अनि कप्तान रामसिंह ठकुरीको सालिग अनावरण - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, November 23, 2019

स्वतन्त्रता सेनानी प्रतिमानसिंह लामा अनि कप्तान रामसिंह ठकुरीको सालिग अनावरण

गफसफ.com, खरसाङ, 24 नोभेम्बर ।
जीटीए बोर्डका अध्यक्ष अनित थापाको बाहुलीबाट स्वतन्त्रता सेनानी प्रतिमानसिंह लामा अनि कप्ताअ रामसिंह ठकुरीको सालिग अनावरण गरिएको छ। पंखाबारी रोडस्थित जातीय विभूति उद्यानमा स्थापित स्वतन्त्रता सेनानी प्रतिमानसिंह लामाको अनि खरसाङको ब्याङ्क डाँड़ामा राष्ट्रिय गीत ‘जन गण मन’-मा संगीत भर्ने कप्तान रामसिंह ठकुरीको सालिग अनावरण गरिएको हो।
यसैक्रममा उनले खरसाङ नगरपालिकाद्वारा वरिष्ठ नागरिकहरूका निम्ति निर्माण गरिएको विश्राम गृहको उदघाटन साथै ब्याङ्क डाँड़ादेखि ओह्रालो जाने सड़कलाई कप्तान रामसिंह ठकुरी मार्ग नामकरण पनि गरिएको छ।
आशा मुखिया लामाले सञ्चालन गरेको कार्यक्रममा सभाध्यक्षको रुपमा खरसाङ नगरपालिकाको चेयरम्यान कृष्ण लिम्बु अनि विशिष्ट अतिथिहरूको रुपमा स्वतन्त्रता सेनानी प्रतिमानसिंह लामाकी बुहारी कमला घिसिङ लामा, वरिष्ठ साहित्यकार नरबहादुर दाहाल, वरिष्ठ संस्मरणकार जीबी बल आदि उपस्थित रहेका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad