इङ्लिस प्रिमियर लिगमा चेल्सीमाथि म्यानचेस्टर सिटीको जित - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, November 23, 2019

इङ्लिस प्रिमियर लिगमा चेल्सीमाथि म्यानचेस्टर सिटीको जित

गफसफ.com, एजेन्सी, 24 नोभेम्बर ।
साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा चेल्सीमाथि रोचक जित निकालेको छ । शनिबार राति भएका प्रतिस्पर्धात्मक खेलमा सिटीले चेल्सीलाई 2-1 गोलले पराजित गरेको हो। सुरूवाती क्षणमा चेल्सीले गोल गरेर अग्रता हासिल गरे पनि उक्त अग्रतालाई कायम राख्न नसक्दा आखिरमा चेल्सी म्यानचेस्टर सिटी विरुद्ध हार्नु परेको हो।
घरेलु मैदानमा म्यानचेस्टर सिटीलाई बिजय गराउन केभिन डि ब्रुयन र रियाद महारेजले गोल गरे । चेल्सीको पक्षमा भने एन्गोलो कान्टेले गोल गरेका थिए । खेलको सुरुवातमा सिटी एक गोलले पछि परेको थियो। तर उनीहरूले पछिबाट स्थिति उल्ट्याएर जित निकालेको थियो ।
खेलको 21औँ मिनटमा चेल्सीका  कान्टेले माटियो कोभासिसको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । तर, चेल्सीको अग्रता लामो समय टिकेन । 29 औँ मिनेटमा केभिन डि ब्रुयनले बराबरी गोल फर्काए । त्यसपछि पुन: 37 औँ मिनेटमा रियाद महारेजले गोल गर्दै घरेलु टोली सिटीलाई अग्रता दिलाए । त्यही गोलनै सिटीको लागि निर्णायक बन्यो ।
दोस्रो हाफमा दुवै टोलीले मौका पाएपनि गोल गर्न सकेनन् । जितसँगै सिटी लिगको तेस्रो स्थानमा उक्लिएको छ । सिटीको 13 खेलबाट 28 अङ्क बनाएको छ । 26 अंक बनाएको चेल्सी चौथो स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभरपुलको 37 अंक पुगेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad