भाजापाले ‘पर्मनेन्ट पोलिटिकल सल्युसन’-को प्रस्ताव पारित गरोस्, हामी बाटो खुल्ला छोडिदिनेछौँ-रूदेन लेप्चा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, November 22, 2019

भाजापाले ‘पर्मनेन्ट पोलिटिकल सल्युसन’-को प्रस्ताव पारित गरोस्, हामी बाटो खुल्ला छोडिदिनेछौँ-रूदेन लेप्चा

गफसफ.com, कालेबुङ, 23 नोभेम्बर ।
‘भारतीय जनता पार्टीले पर्मनेन्ट पोलिटिकल सल्युसनको प्रस्ताव पारित गरेर देखाओस्, त्यसपछि हामी उनीहरूलाई अघि बड्ने बाटो खुल्ला छोडिदिनेछौँ। पर्मनेन्ट पोलिटिकल सल्युसन भनेर जनताको आँखा धुलो हाल्ने काम मात्रै गर्नु होइन। पहिला आफ्नो अडान स्पष्ट पार्नु पर्छ। आँट छ भने पहिला प्रस्ताव मात्रै पारित गरेर देखाओस्’-उक्त कुरा गोर्खा जनमुक्ति मोर्चाका कोर कमिटि सदस्य रूदेन लेप्चाले भनेका हुन्।

लेप्चाले आज एक पत्रकार सम्मेलनको आयोजना गरेर भाजपा सांसद राजु विष्टले संसदमा स्थायी राजनैतिक समाधानको मुद्दा उठाएर जनताको मन जित्ने प्रयास गरेपनि वास्तवमा उक्त कार्य केवल आँखामा धुलो हाल्ने कार्य मात्रै हो भने। उनले भाजपा यदि साँच्चै पहाडका जनताप्रति ईमान्दार भए ‘पर्मनेन्ट पोलिटिकल सल्युसन’ भने शब्दको जादुमा नअल्झाएर सोझै ‘गोर्खाल्याण्ड’ भन्ने थियो भनेका छन्।
उनले भाजपालाई शब्दजाल जनतालाई उल्झाउनको साटो बरू स्पष्ट अडान लिने बताउँदै ‘यदि भाजपाले गोर्खाल्याण्डको प्रस्ताव पारित गर्छ’ भने हामी जीटीए छोडेर हुन्छ कि राजनीतिबाटै सन्यास लिएर हुन्छ बाटो खुल्ला गरिदिनेछौँ पनि भनेका छन्। यसक्रममा उनले आफुहरू छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दामा प्रतिबद्ध रहेको दाबी गर्दै ‘समय काल परिस्थिति अनुसार हामी गोर्खाल्याण्ड मुद्दा अघि बडाउनेछौँ’ भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad