सिलगढीमा प्लास्टिक गोदामका आगो: लाखौँको सम्पत्ति जलेर नष्ट - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, November 22, 2019

सिलगढीमा प्लास्टिक गोदामका आगो: लाखौँको सम्पत्ति जलेर नष्ट

गफसफ.com, सिलगढी, 23 नोभेम्बर ।
सिलगढी शहरसँग संलग्न रहेको आशीघर इलाकाको भोलपाडामा अवस्थित प्लास्टिक गोदाममा आगलागी हुँदा लाखौँको नोक्सान भएको छ। शुक्रबार भएको उक्त घट्नापछि क्षेत्रमा मानिसहरू चिन्तित देखिए। यद्यपि उक्त घट्नामा कसै घाइते भएको खबर भने छै। आगलागी जानकारी पाउन साथ घट्ना स्थलमा सालुगडा अनि सिलगडी अग्निसमन विभागका कर्मचारीहरू पुगेर आगोलाई नियन्त्रणमा लिने कार्य गरे। यसक्रममा उनीहरूले आगोलाई नियन्त्रणमा लिन दुई घण्टा लामो परिश्रम गर्न परेको थियो।
घट्नापछि दमकल विभागका अधिकारी शुभ्रांशु मजुमदारले कारखानामा ज्वलनशील पदार्था भएको कारण आगोले उग्र रूप लिएको बताए। उनले आगो कसरी लाग्यो भन्ने कुरा भने जाँचपछि मात्रै भन्न सकिने पनि बताएका छन्। स्थानीय मानिसहरूले बताए अनुसार आगोले एकाएक उग्र रूप लिएर सम्पूर्ण प्लास्टिक कारखानालाई नै आफ्नो चपेट लिएको थियो। जसलाई देखेर स्थानीय मानिसहरू आतङ्कित बनेका थिए भने घट्नास्थलमा तत्काल दमकल कर्मीहरूको उपस्थितिले सम्पूर्ण क्षेत्रमा नै आगलागी हुनबाट बाँच्न सकियो।
प्राप्त जानकारी अनुसार आशीघरमा प्लास्टिक कारखानामा दैनिक श्रमिकवर्ग आफ्नो कार्यमा आएका थिए। त्यसैबेला कारखानामा तीनवटै फेजको बिजुली बत्ती भने थिए। त्यसपछि उनीहरूले विजुली विभागलाई जानकारी दिइएको थियो। कारखानाका मालिक बप्पा शाहले विजुलीकै तक्निकी गडबडीले आगलागी भएको हुनसक्ने आशंका व्यक्त गरे। उनले उक्त आगलागीको चपेटमा परेर 80 लाख रूपियाको मसिन सहित 30 लाख भन्दा धेर समान नष्ट भएको बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad