तस्करी गरिएको पाँच किलोग्राम सुन सहित पिता-पुत्र पक्राउ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, November 23, 2019

तस्करी गरिएको पाँच किलोग्राम सुन सहित पिता-पुत्र पक्राउ

गफसफ.com, सिलगढी, 23 नोभेम्बर ।
गोप्य सूचनाको आधारमा केन्द्रिय निदेशालय (डीआरई) का अधिकारीवर्गले शनीबार चम्पासरी मोडमा तस्करी गरिएको 5 किलोग्राम सुन उद्धार गरेको छ। उक्त घट्नामा अलिपुरद्वार जिल्लाको भारत भोटाङ सिमा क्षेत्र जयगाउँ निवासी श्याम सेवा(50) अनि बिक्की सेवा (29) लाई पक्राउ गरेको छ। पक्रा पर्नेहरू बाबु छोराको रूपमा चिन्हित गरिएको छ। उद्धार गरिएको सुनको मूल्य 1 करोड 95 लाख रहेको अनुमान गरिएको छ भने पक्रा परेका दुवैलाई सिलगडी न्यायालयमा पेश गरियो।

प्राप्त जानकारी अनुसार केन्द्रिय निदेशालयले गोप्य सुत्र मार्फत् तस्करी गरिएको सुन भोटाङबाट लिएर सिलगडी हुँदै कोलकोता जाँदै गरेको खबर प्राप्त भएको थियो। उक्त सूचना प्राप्त हुनसाथै डीआरआईको टीमले सिलगडीको चम्पासरी मोडमा वाहनहरूको जाँच कार्य सुरु गरेको थियो। त्यसै समय एउटा वाहनको तलासी लिँदा एउटा ब्यागमा 5 किलोग्राम सुन प्राप्त भएको हो। 5 किलोग्राम सुन पाएपछि उनीहरूले सोधपुछ गरेर दुवै पिता पुत्र तस्करीहरूलाई पक्राउ गर्न सफल भएको हो। पक्रा परेका दुवैलाई सिलगडी न्यायालयमा पेश गरेर पुलिस हिरासतमा पठाईएको छ। दुवैलाई सोम्बार पुन: न्यायालयमा पेश गरिने भएको छ।

No comments:

Post a Comment

Post Bottom Ad