ला लिगामा बार्सिलोना शिर्ष स्थानमा कायम - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, November 23, 2019

ला लिगामा बार्सिलोना शिर्ष स्थानमा कायम

गफसफ.com, एजेन्सी, 24 नोभेम्बर । स्पेनिस टोलि बार्सिलोनाले ला लिगामा शनीबार साँझ लेगानेसलाई 2-1 ले पराजित गरेर शिर्ष स्थान कायम राखेको छ। जितको निम्ति निक्कै संघर्ष गर्न परेको बार्सिलोनाले लेगानेसलाई उसैको घरेलु मैदानमा पराजित गरेको हो।

खेल सुरु भएको 12 औँ मिनेटमा लेगानेसका युसुफ इन नेशरीले गोल गरेर घरेलु टोलीलाई अग्रता दिलाए । यद्यपि जितको निम्ति लेगानेसलाई उक्त गोल पर्याप्त हुन सकेन।
पहिलो हाफमा दबावमा देखिएको बार्सिलोना दोस्रो हाफका खेलमा फर्किएको थियो । बार्सिलोनाका लागि लुइस स्वारेजले ५३औं मिनेटमा गोल गर्दै खेललाई बराबरी गरेका थिए। त्यसपछि अतुर्रो भिडालले ७९औँ मिनेटमा टोलिको निम्ति दोस्रो गोल गरेका थिए। जुन गोल जितको निम्ति निर्णायक गोल बनेको थियो। जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले 13 खेलबाट 28 अङ्क बनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad