‘लय’ म्युजिक ब्याण्डद्वारा ‘थानडाँडाको जाम’ म्युजिक भिडियो सार्वजनिक - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, October 19, 2019

‘लय’ म्युजिक ब्याण्डद्वारा ‘थानडाँडाको जाम’ म्युजिक भिडियो सार्वजनिक

गफसफ.com, कालेबुङ, 19 अक्टोबर। 
‘लय’ म्युजिक ब्याण्डको दोस्रो प्रस्तुतिको रूपमा ‘थानडाँडाको जाम’ म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘लय’ ब्याण्डको आफ्नै युट्युब च्यानल मार्फत् उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो। ‘ट्राफिक जाम’ एउटा सार्वभौम समस्या हो। यसै समस्यालाई केन्द्रविन्दुमा राखेर म्युजिक भिडियो तयार पारिएको छ। कालेबुङको ‘थाना डाँडा’ गीतको बोलमा रहेपनि थानडाँडालाई यहाँ एउटा प्रतिकात्मक शब्दका रूपमा प्रयोग गरेर ‘ट्राफिक जाम’-सार्वभौम समस्या हो अनि यसबाट प्रत्येक ठाउँका मानिसहरू अछुत रहन सकेका छैनन् भन्ने कुरा म्युजिक भिडियोले भन्न खोजेको छ।
‘थानडाँडाको जाम’ शिर्षकमा रहेको उक्त म्युजिक भिडियोमा लय म्युजिक ब्याण्डका प्रतिनिधीहरूलाई नै देखाइएको छ। उक्त गीतको शब्द समेत ‘लय’ समुहले नै तयार गरेका छन् जसलाई ब्याण्डका आखेत पेम्बा अनि उमेश उपमाले स्वर दिएका छन्। लेजर लाइन स्टुडियो कालेबुङमा रेकर्ड गरिएको उक्त म्युजिक भिड्योमा ब्याण्डका केसाङ बमजन गीटारिस्ट रहेका छन् भने समीर राई बास गीटार, दीपक सेवा – बाँसुरी अनि किरण गोर्खाले रेकर्ड, मिक्सिङ आदि गरेका छन्। उक्त म्युजिक भिडियोलाई जस्टिन लेप्चाले छायङ्कन अनि सम्पादन गरेका छन् भने एसिस्ट क्यामेरामा आशिष राई रहेका छन्। कालेबुङकै वरिपरि छायङ्कन गरिएको उक्त म्युजिक भिडियो हेर्न लायकको रहेको छ।

भिडियो हेर्न तल थिच्नुहोस्

No comments:

Post a Comment

Post Bottom Ad