सन्त अगस्तिन स्कुलको 74 औँ वार्षिक खेलकूद समारोह सम्पन्न - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, October 18, 2019

सन्त अगस्तिन स्कुलको 74 औँ वार्षिक खेलकूद समारोह सम्पन्न


गफसफ.com, कालेबुङ, 18 अक्टोबर।
सन्त अगस्तिन स्कुलको 74 औँ वार्षिक खेलकूद समारोह सम्पन्न भएको छ। विद्यालयकै खेल मैदानमा सम्पन्न भएको उक्त खेलकूद समारोहमा सन्त जेभियर्स स्कूल, पाक्योङका प्राचार्य रेभरेन फादर फ्रान्सिस ब्यानर्जी मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए।

सन्त अगस्तिन स्कूलका प्राचार्य फादर जेरार्ड लेप्चाले स्वागत सबोधन राखेपछि सुरुभएको कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित रेभरेन फादर फ्रान्सिस ब्यानर्जीले स्कूलका झण्डोत्तलन गर्नका साथै मसाल जलाएर खेलकूद समारोह सुरु भएको घोषणा गरेका थिए। यस अवसरमा विद्यार्थीवर्गमाझ अन्तर दलिय मार्चपास प्रतियोगितासँगै विभिन्न वर्गमा ट्र्याक अनि फिल्ड ईभेन्टहरू सम्पन्न भएको थियो।

यसैक्रममा केटा अनि केटिहरूमाझमा अन्तर विद्यालय रिले दौड, प्रतियोगितासँगै खुल्ला दौड प्रतियोगिता पनि सम्पन्न भएको थियो। विद्यालयका चारवटा दलहरू क्रमैले म्याटरहर्न, कञ्चनजङ्घा, एभरेस्ट अनि फुजियामा माझ सम्पन्न भएको अन्तरदलिय मार्चपास प्रतियोगितामा एभरेस्ट दलले उत्कृष्ट प्रदर्शन गरेर मार्चपास जित्न सफल बनेको थियो। विद्यालयका विभिन्न वर्गका खेलाडीवर्गमाझ सम्पन्न भएको उक्त खेलकूद प्रतियोगितामा बिजयी बनेका खेलाडीवर्गलाई मुख्य अथिति रेभरेन फादर फ्रान्सिस ब्यानर्जी, प्राचार्य फादर जेरार्ड लेप्चा, फादर डेरिक डिसुजा लगायत अन्य विशिष्ट अथितिवर्गको बाहुलीवर्गबाट पुरस्कार अनि प्रमाणपत्र प्रदान गरिएको थियो।

यसै अवसरमा मुख्य अतिथिका रूपमा उपस्थित बनेका रेभरेन फादर फ्रान्सिस ब्यानर्जीले समारोहलाई सम्बोधन गर्दै खेलकूद विद्यार्थीवर्गको जीवनमा एउटा महत्वपूर्ण पाटो रहेको बताउँदै यसले शाररीक साथै मानसिक स्वस्थ्य बन्नका निम्ति लाभ पुग्ने बताएका छन्। ‘हामीले जीवनलाई मनोरञ्जन गरेर जिउनुपर्छ। चाहे श्रेणीमा अध्ययन गर्दा होस् अथवा श्रेणी बाहिर खेलहरू खेल्दा होस् सबै ठाउँमा जीवनलाई मनोरञ्जन गरेर जिउन सिक्नु आवश्यक छ। श्रेणीकोठामा हामीले अध्ययन अध्यापन गर्दा विषयगत ज्ञान हासिल गर्न सक्छौँ भने मैदानमा खेलहरू खेल्दा हामीले एकार्कमा आत्मीयता गाँसेर बाँच्न सिकेका हुन्छौँ। यसकारण विद्यार्थी वर्गले प्रत्येक क्षेत्रमा आफ्नो जीवनलाई मनोरञ्जनपूर्ण बाँचेर नयाँ कुराहरू सिक्नुपर्छ’ रेभरेन फादर फ्रान्सिस ब्यानर्जीले भने। उनले प्रत्येक विद्यार्थीवर्गलाई खेलकूदमा भाग लिने आह्वान गर्दै यसले मान्छेको शाररीक अनि मानसिक विकास हुने भएकै कारण खेलकूदलाई महत्व दिनुपर्ने बताएका छन्। ‘तपाईँहरू मेस्सी अथवा रोनाल्डो भन्दा राम्रो फूटबल भिडियो गेममा खेल्न सक्नुहुन्छ। तर, व्यवहारिक जीवनमा केहि खेल्न जान्नु हुँदैन। यसको अर्थ तपाईँको आफ्नो जीवनलाई यथार्थमा मनोरञ्जन गरेर जिउन सिक्नु भएकै छैन। यसकारण यर्थाथमा खेलको आनन्द लिएर मनोरञ्जन लिनु आवश्यक छ’ रेभरेन फादर फ्रान्सिस ब्यानर्जीले थप भने।

No comments:

Post a Comment

Post Bottom Ad