स्वास्थ्यलाभ गरी गोजमुमो अध्यक्ष विनय तामङ फर्किए पहाड; पार्टी समर्थकहरूले गरे भव्य स्वागत - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, October 20, 2019

स्वास्थ्यलाभ गरी गोजमुमो अध्यक्ष विनय तामङ फर्किए पहाड; पार्टी समर्थकहरूले गरे भव्य स्वागत

गफसफ.com, दार्जीलिङ, 20 अक्टोबर।
चिया श्रमिकहरूले पूजा बोनस 20 प्रतिशत पाउनुपर्छ भन्दै आमरण अन्शनमा बसेका गोजमुमो विनय तामाङ अन्शन समापन पछि सिलगडीमा उपचार गरेर केहिदिन स्वास्थ्यलाभ गरी दार्जीलिङ फर्केका छन्। उनी आज सिलगडीबाट दार्जीलिङ फर्केका हुन् भने यस अवधी तामाङलाई विभिन्न ठाउँहरूमा पार्टी कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन्।

चिया श्रमिकवर्गको निम्ति 123 घण्टासम्म निरन्तर 6 अक्टोबर समय 1:15 बजे देखी 11 अक्टोबर समय 4:15 बजे सम्म आमरण अनशन बसे पश्चात उनको स्वास्थ्य बिग्रेको थियो। उक्त आमरण अन्शनकै कारण उनको मुटु, किड्नी, एवम् पेटको विभिन्न समस्याहरूको कारण दार्जीलिङ सरकारी अस्पताल देखी रेफर गरेर सिलिगुडी निजी नर्सिङ होममा भर्ना गरिएको थियो। डा° पी डी भुटिया लगायत अन्य डाक्टरहरूको एक टोलीले नै तामङको उपचार गरे वापत अस्पतालबाट छुट्टी भएता पनि सिलिगुडी पिन्टेल भिलेजमा केही दिन आराम गरेर आज तामङ दार्जीलिङ फर्केका हुन्।
आमरण अनशन पछि स्वास्थ्यलाभ गरेर दार्जीलिङ फर्केका गोजमुमो अध्यक्ष विनय तामाङलाई लिनका निम्ति पार्टी समर्थकहरू सिलगडीमा नै पुगेका थिए। यसक्रममा पार्टी समर्थकहरूले ‘विनय तामाङ जिन्दावादको नाराबाजीसँगै सिमलबारी, रोहिणी, रोहिणी फाटक हुदै खरसाङमा भब्य स्वागत गरियो। यसैक्रममा खर्साङमा पार्टीद्वारा पथसभा समेत सम्पन्न भएको थियो भने उक्त पथसभालाई नारी मोर्चा नेत्री छिरिङ दहाल, करूणा गुरूङ, लगायत अनुज थापा आदिले सम्बोधन गरेका थिए। त्यसपछि पार्टी अध्यक्ष तामङलाई टुङ, सेन्टमेरी, सोनादा आदि क्षेत्रहरूमा पनि भव्यतासँग स्वागत गरिएको थियो।
यसरी नै दार्जीलिङ महकुमा अन्तर्गत रङ्गबुल, घुम, डाली काकझोड़ा, दार्जीलिङ रेल्व स्टेसनमा भब्यताको साथमा अध्यक्ष तामङलाई स्वागत गरियो जसमा दार्जीलिङ महुकमा क्षेत्रमा पर्ने पार्टीका वरिष्ठ नेता सतिश पोर्खेल, नगेन्द्र प्रधान लावा लामा, पुरण थामी, डी बी गुरूङ, लगायत अन्य नेतृत्ववर्ग उपस्थित रहेका थिए।

No comments:

Post a Comment

Post Bottom Ad