विनय तामाङले सुरु गरे आमरण अन्शन; भने ’55 हजार चिया श्रमिकवर्गको हितमा यो कदम उठाएको हुँ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, October 6, 2019

विनय तामाङले सुरु गरे आमरण अन्शन; भने ’55 हजार चिया श्रमिकवर्गको हितमा यो कदम उठाएको हुँ’

गफसफ.com, दार्जीलिङ, 6 अक्टोबर।
चिया श्रमिकवर्गले 20 प्रतिशत बोना पाउनुपर्छ भन्ने माग गर्दै गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामाङले आजदेखि आमरण अन्शन सुरु गरेका छन्। चिया कमानका मालिकवर्गले दसैँको मुखैमा आइपुग्दा समेत 20 प्रतिशत दिन अस्वीकार गरेपछि तामाङले आफ्नो दसैँ त्याग्दै आजदेखि आमरण अन्शन सुरु गरेका हुन्। यसभन्दा अघिनै तामाङले मालिकवर्गलाई 5 अक्टोबरसम्म चिया श्रमिकवर्गलाई 20 प्रतिशत बोनस नदिए आमरण अन्शन सुरु गर्ने घोषणा गरेका थिए। आफ्नो घोषणालाई कार्यरूपमा परिणत गर्दै उनले आज दार्जीलिङमा आफ्नो आमरण अन्शन सुरु गरेका हुन्।
चिया श्रमिकवर्गले 20 प्रतिशत बोनस पाउनुपर्ने मागमा उनले आफ्नो आमरण अन्शन सुरु गर्न अघि तामाङले पत्रकारारूलाई सम्बोधन गर्दै 7 वटा श्रमिक सङ्गठनका प्रतिनिधीवर्गले 20 प्रतिशत बोनसको माग गरेपनि मालिकपक्ष भने उक्त बोनस दिन राजी नभएको बताएका छन्। ‘मालिकवर्गले पूजा बोनस 20 प्रतिशत दिन चाहेका छैनन्। जसको विरोधमा 7 वटा श्रमिक सङ्गठनका प्रतिनिधीवर्गले धरावाहिक कार्यक्रम गरिरहेकै छन्। यसैकारण मैले 55 हजार पहाडका श्रमिकहरूको हित अनि 7 वटा ट्रेड युनियनहरूको मागमा मैले मालिकवर्गलाई दिएको अल्टिमेटम सक्दा समेत मालिकवर्ग कानमा तेल हालेर बसे। यसैकारण दसैँमा आम जनतालाई दुख नदिनका निम्ति मैले पहाडको एक शक्तिशाली पार्टीको हैसियतमा मालिकपक्षलाई घुँडा टेकाउन म आमरण अन्शन बस्दैछु’ विनय तामाङले भने।
उनले आफ्नो आमरण अन्शन सुरु गर्नभन्दा अघि सम्पूर्ण पहाडवासीलाई दसैँको शुभकामना दिँदै चियाश्रमिकवर्गको निम्ति 7 वटा श्रमिक सङ्गठनहरू एक भएकोमा खुशी व्यक्त गर्दै ‘अब यो अन्शन सुरु भएपछि अब मालिकवर्गले 20 प्रतिशत बोनस दिने लिखित घोषणा गरेपछि मात्र यो अन्शन समाप्त हुनेछ’ विनय तामाङले भने। यसक्रममा उनले चिया कमानमा श्रमिकवर्गले पाउनुपर्ने सहुलियत बन्द गरिरहेको भन्दै अब मालिकवर्गले श्रमिकलाई शोषण गर्ने काम बन्द गर्नुपर्ने चेतावनी दिएका छन्।
उनले आफ्नो सम्बोधनको क्रममा चिया मालिकवर्गप्रति आक्रोश पोख्दै उनीहरूले श्रमिकवर्गलाई लडाएर मुनाफा मात्रै कमाउने कार्य गरिरहेको आरोप लगाएका छन्। ‘हामीले सोझो औँलाले 20 प्रतिशत बोनस मागेका थियौँ तर यो भएन। अब हामी बाङ्गो भएर मालिकहरूलाई देखाउनेछौँ’ तामाङले अझ भने –‘यो आमरण अन्शन बस्दा मेरो स्वास्थ्य बिग्रन सक्छ तर, जनता आतङ्कित बन्नु हुँदैन। सबैले शान्ति बनाउनुपर्छ। म 55 हजार श्रमिकवर्गको पक्षमा पहाडको गोर्खा छोरा भएको कारण यो कदम उठाईरहेको छु।’

No comments:

Post a Comment

Post Bottom Ad