जीटीएले दिए ‘आह कस्तो राम्रो कविता’-का प्रतियोगिहरूलाई नगद पुरस्कार; कविहरूले दिए अनित थापालाई धन्यवाद - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, October 20, 2019

जीटीएले दिए ‘आह कस्तो राम्रो कविता’-का प्रतियोगिहरूलाई नगद पुरस्कार; कविहरूले दिए अनित थापालाई धन्यवाद

गफसफ.com, कालेबुङ, 20 अक्टोबर।
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटिए)को सूचना अनि सांस्कृतिक विभागको सहयोग अनि साङ्ग्रीला रिडर्सको क्लबको आयोजनामा ‘आह कस्तो राम्रो कविता’ – नामक युवा कविता प्रतियोगिता सम्पन्न भएको छ। कालेबुङको रकभेल अकादमीको प्रेक्षागृहमा आयोजित उक्त युवा कविता प्रतियोगिता कार्यक्रममालाई गोजमुमो (विनय गुट) केन्द्रिय समिति सदस्य रूदेन लेप्चाले अध्यक्षता गरेका थिए। यसक्रममा कवि मोहन ठकुरी कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए भने कवि सुरेन्द्र थीङ, कवि उदय थुलुङ, कवि जय क्याक्टस आदि कार्यक्रममा निर्णायकका रूपमा उपस्थित रहेका थिए।

कालेबुङका कवि एवम् पत्रकार तथा साङ्ग्रीला रिडर्सको क्लबका प्रमुख मनोज बोगटीले सञ्चालन गरेको कार्यक्रममा ‘आह कस्तो राम्रो कविता’-का निम्ति चयनित कविहरूका सङ्कलित पुस्तिका सार्वजनिक पनि गरिएको थियो। यसक्रममा कवि मनोज बोगटीले नयाँ पुस्ताका युवा कविहरूलाई प्रोत्साहन दिनकै निम्ति यसरी मञ्च तयार पारेर कार्यक्रम आयोजना गरेको बताए।
कार्यक्रमलाई अध्यक्षता गरेका गोजमुमो विनय तामङ गुटका केन्द्रिय समिति सदस्य रूदेन लेप्चाले कार्यक्रमलाई सम्बोधन गर्दै युवा कविहरूले उर्जावन कविताहरू प्रस्तुत गरेको बताउँदै आगामी दिनहरूले आफुहरूको पक्षबाट सहयोग गर्ने आश्वासन दिएका छन्। उनले आफु एकजना व्यापारी रहेको बताउँदै हालमा आफुहरूले नेपाली फिल्मा समेत कार्य गरिरहेको अनि साहित्यमा कलम चलाउनेहरूले फिल्मको क्षेत्रमा पनि कलम चलाउन सके आफुलाई आथिक रूपले सबल बनाउन सक्ने सुझाव दिए। यसैक्रममा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथिका रूपमा उपस्थित कवि मोहन ठकुरीले कार्यक्रम हेरेर आफु पनि युवा अनुभव गरेको बताउँदै उनले आफ्नो प्रेमको कविता समेत वाचन गरे।
उक्त कविता प्रतियोगितामा कालेबुङ जिल्लाको जलढक्का निवासी स्मिता राई प्रथम, बोङ बस्ति निवासी सुधा छेत्री दोस्रो अनि आशिष लिम्बु तेस्रो भएका छन्। प्रतियोगितामा प्रथम, दोस्रो अनि तेस्रो हुनेहरूलाई क्रमैले जीटीएको सहयोगमा तीस हजार, बीस हजार अनि दस हजार नगद राशीसँगै स्मृति चिन्ह मुख्य अथिति लगाय अथिवर्गको बाहुलीबाट प्रदान गरियो भने अन्य प्रतियोगीहरूलाई पनि स्मृति चिन्ह प्रदान गरिएको छ। यता प्रतियोगितामा विजयी बनेका प्रतियोगिहरूले जीटीएले साहित्यिक क्षेत्रमा यसप्रकारले गरेको सहयोगले युवा साहित्यकारहरूप्रति थप प्रोत्साहन पुग्ने बताउँदै सबै युवा कविहरूले जीटिए अध्यक्ष  अनित थापा प्रति आभार व्यक्त गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad