सांसद राजु विष्टमाथि हमला भाजपा र विमल गुटकै सुनियोजित षडयन्त्र हो – भुवन खनाल - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, October 23, 2019

सांसद राजु विष्टमाथि हमला भाजपा र विमल गुटकै सुनियोजित षडयन्त्र हो – भुवन खनाल

गफसफ.com, कालेबुङ, 23 अक्टोबर।
कालेबुङ जिल्लाको सिञ्जी क्षेत्रमा भाजपा सांसद राजु विष्टमाथि भएको आक्रमण भारतीय जनता पार्टी र गोजमुमो विमल पन्थी गुटको सुनियोजित षडयन्त्र रहेको भुवन खनालले आरोप लगाएका छन्। गोजमुमो विनय गुटका कालेबुङ जिल्ला समितिका प्रवक्ता भुवन खनालले सिञ्जी क्षेत्रमा भएको घट्नाप्रति आफुहरू दु:खित रहेको बताउँदै दार्जीलिङ पहाडको सत्तामा विनय तामङ र अनित थापा आएपछि शान्ति स्थापना गर्न महत्वपूर्ण कार्य गरिरहे पनि भाजपा र विमल गुटले भने अशान्ति सिर्जना गर्न खोजिरहेको आरोप उनले लगाएका छन्। जसको ज्वलन्त उदाहरण सिञ्जीको घट्ना रहेको पनि भुवन खनालको दाबी रहेको छ।
‘सिञ्जीमा घटेको घट्ना भाजपा अनि विमल गुटले रचेको एउटा सुनियोजित षडयन्त्र हो। उनीहरूले जानी जानी एउटा कार्यक्रम आयोजना गरेर पहाडमा उत्तेजना फैलाएर हिंसात्मक गतिविधी गर्ने कुचेष्टा गरेका छन्। यसभन्दा अघि पनि मुख्यमन्त्री पहाड आएको बेला अशान्ति गर्ने कार्य गरेको थियो भने यसपल्ट पनि मुख्यमन्त्री आएकै समय भाजपा अनि गोजमुमो विमल गुटले पहाडमा अशान्ति सिर्जना गर्ने कार्य उनीहरूले गरेका हुन्’ भुवन खनाले भने।
उनले आफुहरू शान्तिको पक्षमा रहेको दाबी गर्दै विनय तामाङ र अनित थापाहरूले नै पहाडमा शान्ति स्थापना गर्ने कार्य गरेको पनि उनले दाबी गरेका छन्। ‘सिञ्जीमा भएको घट्नाको हामी घोर विरोध गर्छौँ। गोजमुमो कहिले पनि अशान्तिको पक्षमा छैन। हामी शान्तिको पक्षमा छौँ। तर, जुन घट्ना घट्यो यो भाजपा र गोजमुमो विमल गुटको पूर्वनियोजित षडयन्त्र हो’ खनालले भने। यसक्रममा उनले यसभन्दा अघि सांसद राजु विष्ट अन्य स्थानहरूको भ्रमणमा जाँदा कुनै यस्तो घट्ना नभएको बताउँदै कालेबुङमा यस्तो घट्ना घट्नु उनीहरूको नियोजित षडयन्त्र हो भनि खनालले दाबी गरेका छन्। यस अवसरमा उनले यसरी सुनियोजित षडयन्त्रमा फसाएर केहि स्वार्थप्रेरित भाजपा र विमल गुटका नेताहरूले राजनैतिक फाइदा लुट्ने प्रयास गरिरहेको खनालको आरोप रहेको छ।
उनले पत्रकारहरूलाई सम्बोधन गर्दै आफुहरू ध्वंसात्मक राजनीतिको पक्षधर नरहेको दाबी गर्दै घट्ना सम्बन्धि प्रशासनले उचित कार्वही गर्नुपर्ने पनि माग गरेका छन्। यसै अवसरमा पत्रकारहरूलाई सम्बोधन गर्दै विनय घिसिङले आफुहरू तन्वी दासले गोर्खहरूलाई अनुप्रवेशकारी भनि लगाएको आरोपबारे विरोध प्रदर्शन गर्ने क्रममा भाजपाका केहि समर्थकहरू आएर बाधा दिँदै हातपाई समेत गरेको आरोप लगाउँदै उनीहरू विरुद्ध आफुहरूले कालेबुङ थानामा प्राथमिकी दर्ता गरेको अनि यसबारे प्रशासनले उचित कार्वाही गर्नुपर्ने माग गरेका छन्। 

No comments:

Post a Comment

Post Bottom Ad