सांसद राजु विष्टमाथी जीटीए बोर्डका जाति विरोधीहरूले आक्रमण गरेका हुन् – प्रकाश गुरुङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, October 23, 2019

सांसद राजु विष्टमाथी जीटीए बोर्डका जाति विरोधीहरूले आक्रमण गरेका हुन् – प्रकाश गुरुङ

गफसफ.com, दार्जीलिङ, 23 अक्टोबर।
भारतीय जनता पार्टीका सांसद राजु विष्टमाथि भएको आक्रमणको गोर्खा जनमुक्ति युवा मोर्चा (विमल गुट)ले जोडदार विरोध गरेको छ। गोजयुमो विमल गुटका अध्यक्ष प्रकाश गुरुङले एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त घट्नाम संलग्न दोषीहरूलाई झट्ट पक्राउ गरेर कानुनी कार्वाही गर्नुपर्ने माग समेत गरेका छन्। ‘सांसद राजु विष्टलाई कालेबुङको सिञ्जी स्थित भक्तिमाया स्कूलको स्वर्ण जयन्तीको कार्यक्रममा सहभागी हुन जाँदा जीटीएका बोर्ठ अफ एडमिनिसट्रेशनका जाति विरोघी कुतत्त्वहरुले सांसद माथी आक्रमण गरेको छ। यस घटनाको युवा मोर्चा घोर भत्सर्ना जनाउँदछ। यस घटनामा संलग्न आक्रमणकारीहरुलाई यथाशीघ्र पक्राउ गरिनु पर्छ’ प्रकाश गुरुङले प्रेस विज्ञप्तीमा भनेका छन्।

उनले जारी विज्ञप्तीमा उक्त घट्ना सांसद राजु विष्टको मनोबल टुटाउने तृणमूल कङ्ग्रेसले षडयन्त्र रचेको पनि आरोप लगाएका छन्। ‘जनप्रतिनिधिलाई जनताको समस्याहरु बुझ्न जान्न अवश्यक छ। जसको उठान संसदमा गर्न जरुरी छ अनि सांसद विष्टले आज सम्म नउठाएका कुराहरु संसदमा उठाईरहेका छन्। उनले २०२४ अघि नै दार्जीलिङ तराई डुवर्सको समस्याको राजनैतिक स्थायी समाधान गर्ने र हुने भनि सकेका छन् र हिजको आक्रमण राजु विष्टको मनोबल टुटाउन टिएमसी प्रायोजित घटना हो’ प्रकाश गुरुङले भनेका छन्।
उक्त आक्रमणको घट्नाले विनय तामाङ र ऐत थापाहरू पैसाको निम्ति कतिसम्म तल झर्नसक्ने प्रमाण गरेको भन्दै ‘हिजको घटनाले प्रमाण गर्दछ कि पैसा र आफ्नो स्वार्थको निम्ति विनय र अनित पन्थीहरु कति नीच राजनीति गर्न सक्छ अनि दिदीलाई खुशी तुल्याउन कुनै पनि हद सम्म गिर्न सक्छ भन्ने सत्यता सांसद आक्रामणको घटनाले प्रमाणित गरेको छ। यस प्रकारको राजनीतिलाई युवा मोर्चा ठाडो खण्डन गर्दछ’ प्रकाश गुरुङले अझ भनेका छन् –‘यस घटनाका आरोपीलाई चाड़ो पक्राउ गरिनु पर्छ अनि यस प्रकारको घटना भविष्यमा हुन नदिन पुलीस प्रशासन सक्रिय हुन जरुरी छ।’

No comments:

Post a Comment

Post Bottom Ad