कालेबुङमा सांसद राजु विष्टको लश्करमा आक्रमण; गोजमुमो विनय गुटका नेताहरू विरुद्ध एफआईआर दर्ता - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, October 22, 2019

कालेबुङमा सांसद राजु विष्टको लश्करमा आक्रमण; गोजमुमो विनय गुटका नेताहरू विरुद्ध एफआईआर दर्ता

मेरो हत्या गर्नलाई बिनय तामङ र अनित थापाले आक्रमण गराएका हुन्  - राजु विष्ट
गफसफ.com,कालेबुङ, 22 अक्टोबर।
कालेबुङ जिल्ला अधिनस्थ सिञ्जी क्षेत्रको एउटा प्राथमिक पाठशालाको कार्यक्रममा सहभागी बन्न गइरहेका सांसद राजु विष्टको लश्करमा आक्रमण भएको छ। उक्त घट्ना गोजमुमो विनय गुटका कार्यकर्ताहरूले विनय तामाङ अनि अनित थापाकै निर्देशनमा गरेको सांसद राजु विष्टले आरोप लगाएका छन्। यसबारे उनले साँझ कालेबुङ थानामा गोजमुमो नेताहरू क्रमैले सञ्चबीर सुब्बा, रूदेन लेप्चा, विनय घिसिङ, भुवन खनाल, बिदुर राई, पङ्कज छेत्री, अमिर बस्नेत आदि विरुद्ध प्राथमिकी दर्ता समेत गरेका छन्। प्राथमिकी दर्ता गरेपछि पत्रकारहरूसँग बोल्दै सांसद राजु विष्टले आफ्नो हत्या गर्ने उद्देश्यले गोजमुमो विनय गुटले आफुमाथि प्राणघातक आक्रमण गरेको आरोप लगाएका छन्।

‘म केहि समर्थकहरूको साथमा सिञ्जीको एउटा पाठशालामा आयोजित कार्यक्रममा भाग लिन गइरहेको थिएँ। यसैक्रममा हामी मन्दिर खोलामा भन्ने ठाउँमा पुगेपछि अचानक आक्रमण भयो। त्यहाँ हामीलाई हत्या गर्ने उद्देश्यले उनीहरूले एम्बुस थापेर बसेका थिए। हाम्रो वाहन रोकिन साथै ढुङ्गा बर्साउन सुरु भयो। यसक्रममा उनीहरूसङ धेरै मात्रमा धारदार हतियारहरू पनि साथमा थियो। यो सोझै एकजना सांसदको हत्या गर्ने योजनामा गरिएको आक्रमण हो’ –सांसद राजु विष्टले भने।
उनले आफुमाथी आक्रमण भएपछि घट्नाको गम्भीरतालाई ध्यानमा राखेर  आफू स्वयम् थानामा प्राथमिकी दर्ता गर्न आएको पनि स्पष्ट पारेका छन्। ‘मलाई उनीहरूले विरोध गर्नेछन्, कालो झण्डा देखाउनेछन् भन्ने थाह थियो। कसैले पनि प्रजातन्त्रमा विरोध गर्न पाउँछन् नै। तर विरोधको बहनामा कसैको हत्या गर्ने प्रयास गर्नु ठिक होइन अनि यस्तो अधिकार संविधानले कसैलाई दिएको छैन’ राजु विष्टले अझ भने ‘त्यहाँ आक्रमण गर्ने सय-दुईसय जो कार्यकर्ताहरू थिए तिनीहरूमाथी मेरो कुनै आरोप छैन। किन भने त्यो उनीहरूलाई विनय तामाङ अनि अनित थापाले आक्रमण गर्ने आदेश अनुसार भएको हो।’
यसक्रममा उनले आफुमाथि भएको आक्रमणले यहाँको भयावह स्थितिको वर्णन गरेको बताउँदै ‘यदि एकजना चुनिएका सांसद सुरक्षित छैन भने यस ठाउँका साधरण जनता कसरी सुरक्षित छन्?’ भनि प्रश्न तेर्साए। उनले उक्त कार्यक्रममा सहभागी बन्नकै निम्ति कालेबुङकी विधायक श्रीमती सरिता राईलाई समेत बाटोमा रोक्ने कार्य गरेको बताउँदै उक्त घट्नामाथि कडाभन्दा कडा कार्वाही हुनपर्ने माग गरेका छन्।
सांसद विष्टले आफु राजनैतिक कार्यक्रममा सहभागी बन्नका निम्ति नगएर एउटा विद्यार्थीवर्गको कार्यक्रममा गइरहेको बताउँदै उक्त घट्नाबारे पुलिसले प्रशासनको भूमिकालाई लिएर पनि उनले प्रश्न तेर्साएका छन्। आफुमाथि आक्रमण भएको स्थानमा यदि पुलिसले चाहेको भए अघिबाटै सुरक्षाबल तैनाथ गरेर मानिसहरूलाई हटाउन सक्ने थियो भन्दै पुलिसले समेत सही कार्य नगरेको सांसद विष्टले आरोप लगाएका छन्। ‘यस घट्नाबारे पुलिस प्रशासन जवाबदेही छन्। यदि पुलिस प्रशासनले एकजना सांसदलाई सुरक्षा दिन सक्दैनन् भने कानुन् व्यस्था के को निम्ति?’ उनले प्रश्न गरे।
उनले प्रजातन्त्रमा विरोध गर्न पाउने भए पनि यसरी विरोधको नाउँमा हत्याको प्रयास गर्नु सही नरहेको भन्दै दोषीहरू विरुद्ध झट्ट कार्वाही हुनपर्ने बताएका छन्। यसबारे आगामी दिनमा उनले संसदमा पनि आवाज उठाउने बताएका छन् भने कार्यक्रममा सहभागी बन्न नसकेको सन्दर्भमा उक्त विद्यार्थीवर्गप्रति माफी माग्दै आगामी दिनमा पुन: आउने बताएका छन्। यसक्रममा उनले उक्त घट्नापछि पुलिस प्रशासन तृणमूल कङ्ग्रेस पार्टीको बी टिम रहेको प्रमाणित भएको बताउँदै पश्चिम बङ्गालमा पुलिस प्रशासनकै आडमा सत्तामा बस्ने घृणित राजनीति गरिरहेको पनि आरोप लगाएका छन्।
पत्रकारहरूसँग बोल्ने क्रममा सांसद राजु विष्टले आफुले संसदमा धेरै कुराहरू उठाईरहेको बताउँदै आफुले दिएको प्रत्येक वचनहरू पुरा गर्ने दाबी गरेका छन्। सोहिक्रममा उनले पुन: स्थायी राजनैतिक समाधान गर्ने बताउँदै गोर्खाहरूका  11 जात गोष्ठिलाई जनजातिको मान्यता दिने भन्दै यसभन्दा अघिका सांसदहरूले यस क्षेत्रको समस्याहरू उठान नगरेको दाबी गरेका छन्। यसका साथै उनले आफुले दिएका सबै वचनहरू आगामी पाँचवर्षमा पुरा गर्ने पनि दाबी गरेका छन्। यसबारे आफुले आगामी शितकालिन सत्रमा समेत स्थायी राजनैतिक समाधानको आवाज उठाउने बताएका छन्। यसैक्रममा सांसद राजु विष्टले तन्वी दासले गोर्खाहरूलाई विदेशी भनेको सन्दर्भमा आफुले निश्चितरूपले कानुनी कार्वाही गर्ने बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad