सन्त अगस्तिन स्कुलका पूर्व प्राचार्य फादर एडवर्ड ग्रेसोट सीआरको निधन; विद्यालयद्वारा शोक प्रकट - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, September 10, 2019

सन्त अगस्तिन स्कुलका पूर्व प्राचार्य फादर एडवर्ड ग्रेसोट सीआरको निधन; विद्यालयद्वारा शोक प्रकट

गफसफ.com, कालेबुङ 10 सितम्बर।
सन्त अगस्तिन स्कुल कालेबुङसँग सम्बन्धित क्यानोन रोगुलर मिशनरीका अन्तिम जीवित फादर एडवर्ड ग्रेसोट सीआरको आज सन्त मरेस अवे, स्वीजरल्याण्डमा मृत्यु भएको छ। उनको मृत्युले सन्त अगस्तिन विद्यालय, कालेबुङमा शोकको वातवरण छाएको छ। 17 जनवरी 1922 मा जन्मेका फादर एडवर्ड ग्रेसोट सीआरको 97 वर्षका उमेरमा मृत्यु भएको हो। उनको मृत्युले अपुरणीय क्षति भएको सन्त अगस्तिन स्कुलका फादर प्रिन्सिपल जेराड लेप्चाले बताएका छन्। उनको मृत्युको खबर प्राप्त भएपछि आज विद्यालयमा शोक पालन गरिएको छ। यसैक्रममा फादर प्रिन्सिपल जेराड लेप्चाले क्यानोन रोगुलर मिशनरीका अन्तिम जीवित फादर एडवर्ड ग्रेसोट सीआरको योगदान सन्त अगस्तिन स्कुलका निम्ति महत्वपूर्ण रहेको भन्दै उनले दिएको योगदानलाए कहिल्यै बिर्सन नसक्ने बताएका छन्।


स्मरण रहोस्, 17 मार्च 1945 का दिन पुरोहित अभिषेक प्राप्त गरेका फादर एडवर्ड ग्रेसोट सीआर 12 दिसम्बर 1947 मा कालेबुङ आइपुगेका थिए। उनले सन् 1948 देखि 1978 सम्म सन्त अगस्तिन स्कुल कालेबुङमा जोडिएर अङ्ग्रेजी भाषा अनि जीव विज्ञान विषयमा अध्यापन कार्य गरेका थिए। पछिबाट उनले अन्य जिम्मेवारीका साथमा कोषाध्यक्षको पदभार समेत सम्हालेका थिए भने पछिबाट सन्त अगस्तिनका प्राचार्य समेत भएका थिए। हालमा सन्त अगस्तिन विद्यालयको जुन ढाँचागत भवन निर्माण भएको छ उक्त स्कूल भवन निर्माण कार्यमा उनको ठूलो योगदान रहेको छ। उनले आफ्ना भाइ फिलिप ग्रेसोटलाई स्कूल भवनको ढाँचा तयार पारेर निर्माण गरेका थिए जहाँ अहिले विद्यार्थीवर्ग अध्ययन गरिरहे छन् भने फादर प्रिन्सिपल जेरार्ड लेप्चाले बताएका छन्।
उनले स्कुलमा कार्य गर्दा गर्दै आफ्नो अध्यात्मिक कार्यलाई अघि पछिबाट अलगडा मिरिकमा ‘क्राइष्ट द किङ चर्च’-को निर्माण समेत गरेका थिए। उनले सन् 1978 मा सन्त अगस्तिन स्कुलबाट विदा लिएपछि कालेबुङको सुदुर्वर्ती क्षेत्र काङ्केबुङमा पल्ली पुरोहितको रूपमा सेवा कार्य गरेका हुन्। यसका साथै उनले सन्त टेरेजा चर्च कालेबुङ, अनि मएरी मदर गड चर्च रेली रोडमा पनि कार्य गरेका हुन्।
अत्यन्तै दयालु स्वभावका फादर एडवर्ड ग्रेसोट सीआरले यहाँका गरीब दुखी मानिसहरूको निम्ति धेरै सेवा कार्य गरेका छन्। यसका साथै उनले यहाँका परम्परा अनि संस्कृतिलाई पनि उत्तिकै सत्कार दिने गरेको पनि फादर प्रिन्इपल जेराड लेप्चाले बताएका छन्। उनको दयालु स्वाभावकै एउटा उदाहरणको रूपमा अहिले कालेबुङ शहरभित्रै अवस्थित ‘शान्ति नगर’ ठाउँलाई लिन सकिने पनि उनले बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad