एनआरसीदेखि एकजना खाँटी गोर्खाको नाम छुट्यो भने म कुर्सी त्याग गरिदिन्छु – राजु बिष्ट - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, September 12, 2019

एनआरसीदेखि एकजना खाँटी गोर्खाको नाम छुट्यो भने म कुर्सी त्याग गरिदिन्छु – राजु बिष्ट

गफसफ.com, मङ्पू 10 सितम्बर।  
‘एनआरसीले कुनै पनि खाँटी गोर्खालाई केही नोक्सान गर्दैन। यदि एनआरसी बङ्गालमा लागु भएन भने अवश्य हाम्रो नोक्सान हुनेछ। म भोलिनै असम जाँदैछु, कति जना छुट्ने र अघाडि कस्तो प्रोसेस गर्नुपर्ने बारे त्यहाँ सबै संघ संस्थाहरुसित म कुरा बुझ्छु पहाडमा भुक्दै बसेर मात्र एनआरसीको समधान हुँदैन’ उक्त कुरा मङ्पूमा भाजपा सांसद राजु विष्टले भनेका हुन।

लोकसभा चुनावको जीतपछि पहिलोपल्ट मङपु आएका दार्जीलिङ सांसद राजु बिष्टले बस बिसौनीमा आयोजित धन्यबाद कार्यक्रमलाई ससम्बोधन गर्दै ‘यदि एनआरसीले असमको एउटा पनि खाँटी गोर्खाको नाम छुटेर देशदेखि बाहिर जान पर्‍यो भने म यो कुर्सीको त्याग गरिदिन्छु’ समेत भनेका छन् । तिनले बिनय तामाङ र अनित थापालाई लक्ष्य गरेर ‘तपाईँहरु जस्तो राजनीति गर्नु हुन्छ हामीहरु पनि त्यस्तै राजनीति गर्छौं’ भन्दै कुरा बुझेर बात गर्नु होला भनि बताए।
‘एनआर किन लागु गर्नु? भारतमा बङ्गलादेशबाट छिरेकाहरुलाई खेद्न, रोहिङ्गाहरुलाई खेद्न । हाम्रो घर कुनै धर्मशाला हो? के सबैलाई ल्याएर हाम्रो आफ्नै घर आँगनमा राख्नु? त्यसको जवाब दिनुपर्छ’ भने। यसक्रममा मुख्यमन्त्री ममता ब्यानर्जीप्रति पनि कटाक्ष गर्न पछि परेनन्। ‘दिदीले एनआरसीको बिरोध गर्छ र यहाँ विपक्षीहरुले हामीले एनआरसीको विरोध गरेको होइन समर्थन नै गर्छौं भन्दै दुई मुखे साँप जस्तो बात नगर्नु, म जीटीएको नोकर होइन, मलाई तपाईँहरुको प्रश्नको उतर दिने कुनै जिम्मेवारी छैन’ भनि बताए।
सांसद विष्टले सिन्कोना बारे बोल्दै पहिले टीएमसीले र अहिले जीटीएले सिन्कोना बगान मास्ने षड्यन्त्र गर्दैछ । आज सिन्कोना बगानमा काम गर्ने मानिसहरुले आफ्नो न्युनतम रोज पाएको छैन, आफ्नो पर्जा पट्टा पाएको छैन । यदि जीटीएले राम्रोसित सिन्कोना बगान चलाउन सक्दैन भने केन्द्र सरकारलाई हस्तान्तरण गरिदिनु, हामी राम्रोसित चलाएर न्युनतम रोज पनि दिन्छौँ, पालन पोषण पनि गर्छौं । किनभने यो एउटा हेरिटेज हो, अङ्ग्रेजको पालादेखि चलिरहेको उद्योगमाथि हाम्रो आत्मा सिन्कोना बगानसित जोडिएको छ । यसैले अब केन्द्र सरकारले यसको विकासको निम्ति काम गर्नेछ । आजनै तिनले गोर्खाहरुको सपना पाँच वर्षभित्रमा पुरा हुनेछ, मोदी सरकारले पुरा गर्नेछ हतास नहुनु भन्ने डाइलग पुन: दोहोराएका छन् । सभालाई गोजमुमो बिमल गुटका लोप्साङ लामा, दार्जीलिङ विधायक निरज जिम्बाले पनि सम्बोधन गरे भने भाजपा जिल्ला सभापति मनोज देवान, तिलकचन्द्र रोका, पूर्व विधायक एनबी छेत्री बिशेष रुपले उपस्थित रहेका थिए साथै गोरामुमो, गोजमुमो बिमल गुटका बाक्लो समर्थकहरुको पनि भेला जमेको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad