सेभोकमा भयावह वाहन दुर्घट्ना: एकजनाको घट्नास्थलमा नै मृत्यु - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, September 10, 2019

सेभोकमा भयावह वाहन दुर्घट्ना: एकजनाको घट्नास्थलमा नै मृत्यु

गफसफ.com, कालेबुङ 10 सितम्बर।
आज सिलगडी नजिक सेभोक फरेस्ट बस्ती 10 माइल नजिक राष्ट्रिय राजमार्ग 31-ए मा भएको सडक दुर्घट्नामा चालकको घट्ना स्थलमा नै मृत्यु भएको छ। विपरित दिशाबाट आइरहेको ट्रक अनि एउटा हुण्डाई कार सोझै ठोक्किन पुग्दा हुण्डाई कारमा सवार चालकको घट्ना स्थलमा नै मृत्यु भएको हो। मानिसहरूलाई विचलित पार्न सक्ने भएको उक्त भयावह दुर्घट्नामा ट्रकको पनि अघिल्लो भागमा क्षति पुगेको छ यद्यपि ट्रकमा सवार मानिसहरूको भने ज्यान बाँचेको छ।

उक्त दुर्घट्नाको खबर पाउनसाथ घट्ना स्थलमा पुलिसबल आएर मृत व्यक्तिको शवलाई उद्धार गरेर उत्तरबङ्गाल मेडिकल कलेज एवम् अस्पतालमा पठाइएको छ।

No comments:

Post a Comment

Post Bottom Ad