जीटीएको सहयोगमा साङ्ग्रिलाको बुक्स इण्डियाद्वारा कालेबुङमा कविता प्रतियोगिता हुने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, September 26, 2019

जीटीएको सहयोगमा साङ्ग्रिलाको बुक्स इण्डियाद्वारा कालेबुङमा कविता प्रतियोगिता हुने

 गफसफ.com, दार्जीलिङ, 26 सितम्बर।
जीटीए सूचना एवं सांस्कृतिक विभागको सहयोगमा साङ्ग्रिलाको बुक्स इण्डियाद्वारा कालेबुङमा कविता प्रतियोगिता हुने भएको छ। उक्त प्रतियोगितामा प्रथम हुनेलाई 30 हजार, दोस्रो 20 हजार अनि तेस्रोलाई 10 हजार नगर पुरस्कार पनि प्रदान गरिने भएको छ। यसबारे आज कवि मनोज मोगटी अनि उमेश परियारले एक पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएका छन्।

‘साङ्ग्रिला बुक्स इण्डिया एउटा प्रकाशन संस्था हो। अहिलेसम्म दार्जीलिङ, सिक्किमका 10 जना लेखकहरूको पुस्तक प्रकाशित गरिसकेका छौं। प्रकाशन संस्था अन्तर्गत साङ्ग्रिला बुक्स क्याफे सञ्चालित छ। क्याफे अन्तर्गत नै साङ्ग्रिला रिडर्स क्लबले सर्जकहरूलाई लिएर धेरैवटा विमर्श एवं संवादका कार्यक्रम गरिसकेको छ। भर्खरै पनि कालेबुङ नगरपालिकाद्वारा निर्मित पारसमणि प्रधान सलिग अनावरण कार्यक्रमसमेत क्लबले आयोजना गरेको थियो। यसपल्ट क्लबले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना एवं सांस्कृतिक विभागको सौजन्यमा दार्जीलिङ, तराई डुवर्सका 35 वर्षसम्म उमेर पुगेका युवा कविहरूलाई लिएर युवा कविता उत्सव तथा कविता प्रतियोगिता गरिरहेको छ’ कवि मनोज बोगटीले भने।

“आहा, कस्तो राम्रो कविता”-नामक यो कार्यक्रम युवा कविता प्रतियोगितामा पहिलो पुरस्कार 30 हजार रुपियाँ, दोस्रो पुरस्कार 20 हजार रुपियाँ अनि तेस्रो पुरस्कार 10 हजार रुपियाँ राखिएको उनले खुअल्स्त पारेका छन्। यसक्रममा उनले प्रतियोगितामा अंशग्रहण गर्न चाहने कविहरूले 30 सेप्टेम्बरसम्ममा bogati1979@gmail.com मा युनिकोड, प्रिति वा क्रुति फन्टमा टाइप गरेर एमएसवर्ड फाइलमा कविता मेल गर्न सक्ने अथवा 9851280145 नम्बरमा वाट्सएप गर्न सक्ने स्पष्ट पारेका छन्।
‘युवा कविहरूलाई कविता लेखनको लागि प्रोत्साहित गर्न यो प्रतियोगिता आयोजना गरिएको हो। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सर्जकहरूको पनि अधिकार क्षेत्र हो। दार्जीलिङे कला, साहित्य सङ्गीत, खेलजस्ता क्षेत्रको प्रवर्धनको लागि पनि क्षेत्रीय प्रशासनसित उत्तिकै उत्तरदायित्व रहेको हुँदा क्लबले प्रशासनको सूचना एवं सांस्कृतिक विभागको सौजन्यमा यो प्रतियोगिता कार्यक्रम गरिरहेको हो’ मनोज बोगटीले भने।  
यसक्रममा उनले प्रतियोगितालाई दार्जीलिङ पहाडमा मात्र सिमित नगरेर तराई र डुवर्सलाई पनि समेटिएको बताएका छन्। ‘प्रतियोगिताको लागि आएका कविताहरूमध्ये उत्कृष्ट कविताहरू जुरीले प्रतियोगिताको लागि छनौट गर्नेछन्। जुरीले छनौट गरेका कविहरूबीच नै प्रतियोगिता हुनेछ। छनौट भएका कविहरूको सूची 4 अक्टोबरको दिन मिडिया वा सोसल मिडियामार्फत सार्वजनिक गरिनेछ। जुरीले छनौट गरेका कविहरूको कविताको आहा, कस्तो राम्रो कविता-नामक पुस्तक पनि प्रकाशित गरिनेछ। पुस्तकको विमोचन लगायत छानिएका कविहरूबीच कविता वाचन प्रतियोगिता 20 अक्टोबरको दिन कालेबुङमा हुनेछ’ मनोज बोगटीले भने।

No comments:

Post a Comment

Post Bottom Ad