जीटीएको मियाद बढाउनु गणतन्त्रको हत्या हो, यसकारण केन्द्र सरकार मौन बस्नु हुँदैन – क्रामाकपा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, September 27, 2019

जीटीएको मियाद बढाउनु गणतन्त्रको हत्या हो, यसकारण केन्द्र सरकार मौन बस्नु हुँदैन – क्रामाकपा

गफसफ.com, कालेबुङ, 27 सितम्बर।
क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा)ले जीटीए बोर्डको मियाद 6 महिनाको निम्ति थप बढाउनु गणतन्त्रको हत्या हो भनेको छ। क्रामाकपा कालेबुङ आञ्चलिक समितिका अध्यक्ष किशोर प्रधानले आज पार्टी कार्यलयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उक्त टिप्पणी गरेका हुन्।

‘भारतको व्यवस्था भएको जनप्रतिनिधीले चलाउने संघीय संसदीय व्यवस्था हो। तर, यहाँ जनताको भोट हाल्ने अधिकारलाई बञ्चित बनाएर सरकारले बारम्बार मियाद बडोत्तरी गर्ने कार्य गर्दै मनोनितहरूद्वारा सञ्चालन गर्ने कार्य पूर्णरूपले अगणतान्त्रिक हो’ किशोर प्रधानले भने। उनले जीटीएको गठन हुँदा नै क्रामाकपाले विरोध गरेको हो भन्दै जीटीएले जनताको आकाङ्क्षा पुरा हुँदैन भन्दै सन् 2012 मा नै जीटीएको सम्झौता जलाउने कार्य गरिसकेको पनि उनले बताएका छन्।
‘दार्जीलिङका जनताले बारम्बार धोका पाउने कार्य भइरहेको छ’ किशोर प्रधानले भने। यसैक्रममा उनले दागोपापको समयमा पनि पछिल्लो समय सन् 2003 मा न्तिपल्ट चुनाव भएपछि बामफ्रण्ट सरकारले स्व. सुवास घिसिङलाई मनोनित गर्दै राखेर गणतन्त्रको जसरी हत्या गर्ने कार्य भयो ठिक त्यसरी नै अहिले पनि यहाँ गणतन्त्रको हत्या गर्ने कार्य गरेको क्रामाकपाको आरोप रहेको छ।
पत्रकारहरूसँगको कुराकानी गर्नेक्रममा क्रामाकपा कालेबुङ आञ्चलिक समितिका अध्यक्ष किशोर प्रधानले वितेको लोकसभा चुनावमा पहाडका जनताले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति नै भाजपा सांसद राजु विष्टलाई बिजयी बनाउने कार्य गरेको बताउँदै अहिले सांसद राजु विष्टले पनि कतिपय कार्यहरू गर्नमा विलम्ब गरिरहेको बताएका छन्। सांसद राजु विष्टले लोकसभा चुनावपछि सम्पूर्ण घटक दलहरूलाई लिएर स्टेरिङ कमिटि गठन गर्ने अनि त्यस स्टेरिङ कमिटिले सडकदेखि संसदसम्म गोर्खाल्याण्डको मुद्दालाई कसरी अघि बडाउनुपर्ने भन्ने विषयमा रूपरेखा तयार पार्ने बताए तापनि अहिलेसम्म सांसद राजु विष्टले उक्त स्टेरिङ कमिटि बनाउने कार्य समेत नगरेको किशोर प्रधानले बताएका छन्। ‘यसैकारण हामीलाई गर्नुपर्ने कार्य सांसद राजु विष्टले समेत ढिल्याई गरिरहेको अनुभव हुँदैछ’ प्रधानले भने।
‘हाम्रो सांसदले केन्द्रमा विभागीय मन्त्रीमण्डललाई भेटेर कार्य गरिरहेका छन्। यो स्वागतको कुरा हो। तर, हाम्रो निम्ति जुन ठोस कार्य हुनपर्थ्यो त्यो ठोस कार्य भने केन्द्रमा हुनसकेको छैन भन्ने हामीलाई लागेको छ’ किशोर प्रधानले भने। उनले अहिले राज्य सरकारले जीटीएको मियाद बढोत्तरी गर्दा केन्द्र सरकारको गृह मन्त्रालयले उचित हस्तक्षेप गर्दै जीटीएले जनताको आकाङ्क्षा पुरा गर्दैन भने हस्तक्षेप गर्दै वार्ताको मार्ग खोल्नुपर्ने अवस्थामा यता केन्द्र सरकार भने मौनता सङ्गालेर बस्नुले पनि धेरै सन्देह सिर्जना गरिरहेको किशोर प्रधानले बताएका छन्। ‘केन्द्रको गृह मन्त्रालय बोल्नुपर्छ। सांसद राजु विष्टले पनि यसबारे केन्द्रमा झट्टै पहल गर्नुपर्छ’ प्रधानले थप भने।
अर्कोतर्फ क्रामकपा नेता किशोर प्रधानले अहिलेघरी दार्जीलिङ अनि कालेबुङका दुईजना विधायकहरूले जीटीएको वर्तमान व्यवस्थालाई स्वीकार नगरे पनि उनीहरूले समेत यसबारे राज्य सरकारलाई आवज किन उठाएका छैनन् भनि प्रश्न गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad