सांसद राजु विष्टले तीनधारे रेल्वे वर्कसपको गरे भ्रमण; भने –‘स्थायी राजनैतिक समाधान नभएसम्म जीटीए चल्छ भने सरकारी अधिकारिले चलाओस्’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, September 26, 2019

सांसद राजु विष्टले तीनधारे रेल्वे वर्कसपको गरे भ्रमण; भने –‘स्थायी राजनैतिक समाधान नभएसम्म जीटीए चल्छ भने सरकारी अधिकारिले चलाओस्’

गफसफ.com, दार्जीलिङ, 26 सितम्बर।
भारतीय जनता पार्टीका सांसद राजु विष्टले आज दार्जीलिङ हिमालयन रेल्वेको तीनधारेमा अवस्थित वर्कसपको भ्रमण गरेर जानकारी लिएका छन्। उनले तीनधारेमा अवस्थित दार्जीलिङ हिमालयन रेल्वे (डीएचाअर)को उक्त वर्कसपलाई डीएचआरको आत्मा अनि मुटु रहेको बताएका छन्। यसक्रममा उनले त्यहाँ कार्यरत विभागीय कर्मचारीवर्गसँग पनि भेटघाट गरेर कुराकानी गरेका छन्। यसका साथै उनले डीएचआरको संरक्षणको निम्ति योजना बनाउने कार्य गरिरहेको बताएका छन्।

उनले डीएचआरको उचित संरक्षणको निम्ति वेग्लै डिभिजन निर्माण गर्न सके सही देखभाल हुनसक्ने बताउँदै यस सम्बन्धमा आफुले विभागीय पक्षसँग सम्पर्कमा रहेको बताएका छन्। ‘यहाँ दार्जीलिङ हिमालय रेल्वेलाई उचित हेरचाह गर्न छुट्टै डिभिजन निर्माणको माग राखेको छु। आगामी दिनमा डीएचआरको निश्चय राम्रो दिन आउनेछ’ सांसद राजु विष्टले भने। उनले आफु धेरै दिनदेखी तीनधारे आउने चाहने राखेको बताउँदै तीनधारे खुबै सुन्दर रहेको पनि भ्रमणको क्रममा बताएका छन्। ‘म रेल्वे मन्त्रीलाई समेत यहाँ ल्याएर आउने योजना बनाइरहेको छु। यदि भविष्यमा उनी यहाँ आउन सके निश्चय नै डीएचआरको निम्ति राम्रो कार्य हुनेछ’ विष्टले भने।
यसैक्रममा सांसद विष्टले सिलगडीमा राज्यपालसँग भेटघाट गरेको सन्दर्भमा बोल्दै राज्यपाल कोलकोताबाट सिलगडीमा आउँदा यहाँका अधिकारीवर्गले उनीसँग वैठक नगर्नु दुर्भाग्यपूर्ण रहेको बताएका छन्। ‘राजनीति आफ्नो ठाउँमा छ तर उनले बोलाएको वैठकमा हामी सबैले भाग लिनुपर्ने हो’ राजु विष्टले भने। उनले राज्यपालसँगको वैठकमा दार्जीलिङ पहाडमा प्रजातन्त्र नरहेको अनि पुलिसी अत्याचार जारी रहेको समेत राज्यपाललाई अवगत गराएको सांसद राजु विष्टले बताएका छन्।

‘आज पनि 5 हजार भन्दा धेर मानिसहरू भागेर बस्न परिरहेका छन्। उनीहरूलाई घर फर्काउनु मेरो कर्तव्य हो। यस सम्बन्धमा कुनै पनि कानुनी प्रक्रिया पुरा गर्नुपर्छ भने त्यो गर्नेछौँ। यसक्रममा ती मुद्दाहरूलाई यदि यहाँ छिनाफाना गरेर जमान गर्न सकिन्दैन भने यहाँबाट अन्यत्र न्यायलयमा स्थान्तरण गरेर उनीहरूलाई जमानत दिलाउने कार्य गर्ने विषयमा पनि राज्यपालसँग कुराकानी गरेको छु’ सांसद राजु विष्टले भने। उनले अहिले पनि दार्जीलिङ पहाडमा पुलिसले कुनै पनि मानिसलाई पक्राउ गर्ने अनि पक्रा परेका विरुद्ध आर्म्स एक्ट जस्ता मुदा लगाउने कार्य गरिरहेको विषयमा पनि राज्यपाललाई अवगत गराएको सांसद विष्टले बताएका छन्।
‘जीटीए अहिले अवैद्य रूपले चलिरहेको छ। यदि जीटीएको मियाद बडोत्तरी गर्नुपर्छ भने यसको निम्ति सम्पूर्ण प्रक्रिया पुरा गर्नुपर्छ। जबसम्म हामीले स्थायी राजनैतिक समाधान ल्याएर आउँदैनौ अनि त्यसबेलासम्म जीटीएलाई सञ्चालन गर्न पर्छ भने त्यतिबेलासम्म जीटीएलाई कुनै सरकारी अधिकारीले सञ्चालन गर्नुपर्नेछ। केहि व्यक्तिहरूले तृणमूलसँग मिलेर जीटीए चलाउने कार्य बन्द गर्नुपर्नेछ’ सांसद राजु विष्टले भने।
उनले जीटीएले पहाडको भविष्य बिगार्ने कार्य गरेको आरोप लगाउँदै जीटीएकै कारण पहाडमा पञ्चायत चुनाव समेत हुन नसकिरहेको बताएका छन्। यसक्रममा आफुहरू जीटीए चुनावको पक्षमा नरहेको भन्दै ‘हामी स्थायी राजनैतिक समाधानको पक्षमा छौँ अनि जबसम्म स्थायी राजनैतिक समाधान हुँदैन तबसम्म जीटीए सरकारी अधिकारीलाई चलाउन दिनुपर्छ’ भने।

No comments:

Post a Comment

Post Bottom Ad