गल्फ पार्टी महासचिव ऋषिका छेत्री गोजमुमो विनय गुटमा सामेल - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, September 4, 2019

गल्फ पार्टी महासचिव ऋषिका छेत्री गोजमुमो विनय गुटमा सामेल

गफसफ.com, दार्जीलिङ, 4 सितम्बर ।
गोर्खा युनाइटेड लिबरेशन फ्रन्ट (गल्फ) पार्टीकी संस्थापक एवम् महासचिव ऋषिका छेत्री गोर्खा जनमुकित मोर्चा (विनय गुट) मा सामेल भएकी छन्। दार्जीलिङमा आज उनी आफ्नो दल त्यागेर गोजमुमो पार्टीमा सामेल भएकी हुन्। यस अवसरमा उनलाई गोजमुमो अध्यक्ष विनय तामाङ, महासचिव अनित थापा, नारी मोर्चा अध्यक्षा छिरिङ दहालले उनलाई पार्टीको झण्डा प्रदान गरेर स्वागत जनाएकी छन्।

यसक्रममा गल्फ पार्टी त्यागेर गोजमुमो (विनय गुट) मा सामेल भएपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले कुनै पनि व्यक्तिले राजनैतिक दलहरू परिवर्तन गर्नु आ-आफ्नो व्यक्तिगत विचार रहेको भन्दै आफुले दल परिवर्तन गर्नु पनि आफ्नो व्यक्तिगत विचार रहेको बताइन्। यसक्रममा उनले ‘एउटा हुट्टिट्याउने स्वर्ग थामिन्न भन्ने उखान छँदैछ। यस्तो अवस्थामा अहिलेको वर्तमान परिवेशमा असमकै सन्दर्भमा कुरा गर्नु हो भए त्यहाँ एकलाख भन्दा धेर गोर्खाहरू एनआरसीबाट बाहिर परेका छन्। यसबारे अहिलेघरी गोजमुमो पार्टी अनि अध्यक्ष विनय तामाङले मात्रै बोलिरहेका छन्। यसैकारण म भविष्यमा पनि उनीसँगै मिलेर छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति कार्य गर्नेछु’ –ऋषिका छेत्रीले भनिन्।
उनले गल्फ पार्टीमा बसेर गोर्खा जाति र समाजको निम्ति धेरै कार्य गर्न नसक्ने कुरा बुझेर नै गोजमुमो पार्टीमा सामेल भएको पनि स्पष्टिकरण दिएकी छन्।

No comments:

Post a Comment

Post Bottom Ad