एनआरसीको हल्ला फैलाएर केहि व्यक्तिहरूले राजनैतिक लाभ उठाउने प्रयास गर्दैछन् – राजु विष्ट - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, September 1, 2019

एनआरसीको हल्ला फैलाएर केहि व्यक्तिहरूले राजनैतिक लाभ उठाउने प्रयास गर्दैछन् – राजु विष्ट

गफसफ.com, दार्जीलिङ, 1 सितम्बर ।
असम राज्यमा एनआरसीको अन्तिम सूची सार्वजनिक हुनसाथै गोर्खा समुदायका एकलाख भन्दा धेर मानिसहरू सूचीबाट बाहिर परेको खबर आएपछि यता दार्जीलिङका सांसद राजु विष्टले उक्त खबर झूटो रहेको दाबी गरेका छन्। सांसद विष्टले आज एक प्रेस बिज्ञप्ती जारी गरेर असममा एनआरसी सूचीबाट एकलाख गोर्खा समुदायका मानिसहरू बाहिर भएको खबर केवल अफवाह मात्रै हो भनेका छन्। उक्त खबरमा कुनै सत्यता नभएको दाबी गर्दै भाजपा सांसद राजु विष्टले केहि व्यक्तिहरूको अनुमानको आधारमा एकलाख गोर्खा समुदाय छुट्यो भन्ने अफवाह फैलिएको भन्दै सम्पूर्ण सत्य तथ्य सार्वजनिक हुनमा केहि दिन साय लाग्ने पनि बताएका छन्।

‘यस घट्नालाई मैले नजिकबाट निहाल्ने कार्य गरिरहेको छु, यसका साथै यस विषयमा असम अनि दिल्लीमा रहेका पार्टीका नेताहरूसँग पनि सम्पर्कमा बसेको छु। साथै गोर्खा समुदायको हितमा कार्यरत केहि गैरसरकारी सङ्गठन अनि छात्रसङ्गठनसँग पनि सम्पर्कमा बसेको छु’ सांसद राजु विष्टले भनेका छन्।
‘केहि राजनैतिक दलहरूले गलत खबर फैलाउने कार्य गरेर हाम्रा मानिसहरूलाई गलत दिशामा मोड्ने अनि यसको राजनैतिक फाइदा उठाउने प्रयास गर्दैछन्। त्यही मानिसहरूले दार्जीलिङ, तराई डुवर्सका गोर्खाहरूको भविष्यलाई खत्रामा हाल्ने कार्य गरेपछि अहिले असमका मानिसहरूलाई त्यस्तै अवस्था निर्माण गर्ने प्रयास गर्दैछन्। म उनीहरूलाई यस सम्बन्धमा राजनीति नगर्ने अनुरोध गर्न चाहन्छु’ सांसद राजु विष्टले बिनय तामाङ अनि अनित थापाप्रति कटाक्ष गर्दै भनेका छन्। 
सांसद विष्टले वितेको लोकसभा चुनाव प्रचारको क्रममा वर्तमान गृहमन्त्री अमिश शाहले कालेबुङमा गोर्खा सम्प्रदाय प्रति आश्वास दिँदै गोर्खाहरू डराउनुपर्ने आवश्यक्ता छैन भनेको स्मरण गराउँदै पूर्ण गृहमन्त्री राजनाथ सिंह अनि असमका मुख्यमन्त्री सर्वनान्द सोनोवालले समेत गोर्खाहरूलाई नडराउने आश्वासन दिएको बताएका छन्।
उनले असममा एनआरसी भारतको सर्वोच्च न्यायलयको कठोर निगरानीमा भएको बताउँदै खाँटी नागरिकहरू जसको नाउँ छुटेका छन् उनीहरूलाई आफ्नो नागरिकता प्रमाणित गर्ने पर्याप्त समय दिइने पनि बताएका छन्। यसक्रममा उनले सबैलाई धर्य बनेर बस्ने अपिल गर्दै आधिकारिक जानकारी नआएसम्म मानिसहरूलाई भ्रममा नपर्ने सांसद विष्टले बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad