मानव तस्करीमाथि सङ्गोष्ठी र याट क्लब गठन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, September 12, 2019

मानव तस्करीमाथि सङ्गोष्ठी र याट क्लब गठन

गफसफ.com, दार्जीलिङ, 12 सितम्बर।  
मेनकाइन्ट इन एक्सन फर रुरल ग्रोथ (मार्ग) गैरसरकारी सङ्गठन, दार्जिलिङ र दार्जिलिङ सरकारी महाविद्यालयको संयुक्त आयोजनामा महाविद्यालयको सङ्गोष्ठी भवनमा मानव तस्करी र बाल-बालिका उत्पीडन विषयमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भयो। यसै कार्यक्रममा युथ अगेन्स्ट ह्युमन ट्राफिकेटिङ (याट) क्लबको दार्जीलिङ सरकारी महाविद्यालय एकाइ पनि गठन गरियो।

डा. सेरप भोटियाको संयोजकत्त्व र स्वागत सम्बोधनपछि थालिएको यस कार्यक्रममा मार्ग का महासचिव निर्णय जोहन छेत्री, दार्जिलिङ सदर छानाका महिला सेलकी प्रमुख मीना राई, मार्ग-का सामाजिक कार्यकर्ता एवम् विषय विशेषज्ञ राधा खवास र प्रितिका ठकुरी विशेष रूपमा उपस्थित थिए। निर्णय जोहन छेत्रीले महालिद्यालयमा याट क्लबको आवश्यकता, औचित्य, महत्त्व र कार्यप्रणालीमाथि विस्तारमा प्रकाश पार्दै क्रमबद्ध रूपमा दार्जिलिङ पहाडका अन्य महाविद्यालयहरूतिर पनि याट क्लब खोलिने कुरा बताए। उनले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमबाट मानव तस्करी रोकथाम अभियानमा विद्यार्थीवर्गको भूमिका निर्णायक हुने कुरा बताए। साथै नवगठित याट क्लबलाई मार्गले हरसम्भव सहयोग र दिशानिर्देशन गर्ने कुरा पनि बताए। दार्जिलिङ सदर थाना, महिला सेलकी प्रमुख मीना राइले समाजमा बड्दो अपराधिक घटना र प्रवृत्तिहरूबिच पुलिस प्रशासनले गैरसरकारी सङ्गठनहरूको सहयोग र सहभागितामा के-कसरी कार्य सम्पादन गर्दछ भन्ने कुरा विस्तारमा प्रकाश पार्दै नवगठित याट क्लबलाई प्रशासनको तर्फबाय हरसम्भव सहयोग प्रदान गरिने कुरा बताए।

कार्यक्रमको उत्तरार्धमा आमन्त्रित अतिथिहरूको देखरेखमा याट क्लब, दार्जिलिङ सरकारी महाविद्यालयको गठन गरियो। नवगठित सङ्गठनको संयोजन डा.सेरप भोटियालाई राखियो भने सभापति, सचिव र कोषाध्यक्षको पदमा विद्यार्थीहरू क्रमैले रिया राना, भुगोल विभाग, प्रज्ञा प्रधान, स्नातकोत्तर नेपाली विभाग अनि निकिता भट्टराई, राजनिति विभाग छनौट भइन्। साथै पचासजना विद्यार्थीहरूले आज नै क्लबको सदस्यता पनि ग्रहण गरे। महाविद्यालयको पक्षमा डा. सेरप भोटियाले पठन-पाठनइतर महाविद्यालयले विभिन्न सामाजिक गतिविधिहरूमा पनि सक्रियतापूर्वक भाग लिदै आइरहेको कुरामाथि प्रकाश पार्दै यस नवगठित याट क्लबले विद्यार्थीहरूको सर्वाङ्गीन विकासमा थप टेवा पुग्ने तथा मानव तस्करी र बाल-बालिका उत्पीडनको रोकथाममा निर्णायक भूमिका निर्वाह गर्ने विस्वास व्यक्त गर्दै आमन्त्रित अतिथि र स्स्थाहरूमा आभार व्यक्त गरे। आजको यस कार्यक्रममा प्रो. स्मृति सिंह, प्रो सुधा लामा, प्रो भुपेन तामाङ, प्रो प्रयङ्का राईको पनि विशेष उपस्थिति थियो।
उल्लेखनीय रहोस्, आजको कार्यक्रम तीन दिनअघि मानव तस्करीमाथि मार्ग र महाविद्यालयको संयुक्त आयोजनामा सम्पन्न  सङ्गोष्ठी एवम् अन्तर्क्रियात्मक कार्यक्रमकै पुनश्च कार्यक्रम थियो। त्यस कार्यक्रममा समाज सेविका एवम् मार्गका प्रतिनिधिद्व राधा खवास र प्रतिका ठकुरीले विद्यार्थीवर्गमा मानव तस्करी एवम् बाल-बालिका उत्पीडन विषयमा जनचेतनामूलक वार्ता प्रस्तुत गरेकी थिइन्।

No comments:

Post a Comment

Post Bottom Ad