कालेबुङका नयाँ कलाकारहरूद्वारा अभिनित नेपाली म्युजिक भिडियो "तिते करेली" सार्वजनिक - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, September 30, 2019

कालेबुङका नयाँ कलाकारहरूद्वारा अभिनित नेपाली म्युजिक भिडियो "तिते करेली" सार्वजनिक

गफसफ.com, कालेबुङ, 30 सितम्बर।
भिजन एचडी स्टुडियो कालेबुङद्वारा निर्माण गरिएको नेपाली म्युजिक भिडियो "तिते करेली" आज युट्युब मार्फत सार्वजनिक गरिएको छ। यहाँको मल्ली रोडस्थित कालेबुङ प्रेस क्लब भवनमा सम्पन्न एक कार्यक्रमबिच अतिथिहरूको बाहुलीबाट यसलाई औपचारिक रूपमा सार्वजनिक गरिएको हो। कालेबुङ कलाकार सङ्गठनका अध्यक्ष तथा म्युजिक भिडियोका गीतकार/निर्देशक शशि सुनामको अध्यक्षतामा सम्पन्न सार्वजनिकिकरण कार्यक्रममा वरिष्ठ सङ्गितकार मधुसूदन लामा मुख्य अतिथिका रूपमा उपस्थित थिए भने कालेबुङ कलाकार सङ्गठनका उपाध्यक्ष सुबिर थापा, सचिव नरेन्द्र कुमार तामाङ, कालेबुङ प्रेस क्लब सचिव रूद्र कार्की, जर्नलिस्ट एसोसिएसन अफ कालेबुङका अध्यक्ष सुवास श्रेष्ठ, सङ्गीतकार कमल उपासक आदि विशिष्ट अतिथिहरूका रूपमा उपस्थित थिए।

अतिथिहरूद्वारा दिप प्रज्जवलन गरी शुरू गरिएको कार्यक्रममा सर्वप्रथम म्युजिक भिडियो तिते करेलीको पोस्टर देखाएको थियो भने मुख्य अतिथिको बाहुलीबाट युट्युब च्यानल भिजन एचडी स्टुडियोमार्फत सार्वजनिक गरियो। शशि सुनामको शब्द अनि कमल उपासकको सङ्गितमा गायक अनुराज प्रधानले स्वर भरेको गीतका रेकर्डिस्ट हेमन्त थापा रहेका छन् भने शशि सुनाम कै निर्देशनमा तयार पारिएको भिडियोमा युवा कलाकारद्वय रोशन दाहाल अनि रेखा पौड्यालले अभिनय गरेका छन्। भिडियो निर्माण टोलिमा जस्टिन लेप्चा क्यामेरामेन तथा सम्पादक रहेका छन् भने सुरज पल, सुवर्ण प्रधान अनि प्रषमी ढुङ्गानाले कोरियोग्राफरको भुमिका निर्वाह गरेका छन्।
‘अर्थीक कमजोरीका कारण कलाकार मर्नु हुँदैन भन्ने सोच लिएर थोरै खर्चमा म्युजिक भिडियो तयार गरी एउटा उदाहरण बन्न नै विशेष यो म्युजिक भिडियो तयार पारिएको हो’ गायक अनुराज प्रधानले भने। सबाहेक युवा कलाकारहरूलाई प्रोत्साहन दिन अनि उनीहरूको कलाकरितालाई बचाएर राख्न तयार पारिएको यस म्युजिक भिडियो सबैले रूचाइदिने पनि उनले आशा व्यक्त गरेका छन्। कार्यक्रमलाई मुख्य अतिथि लगायत अन्य अतिथिहरूले पनि सम्बोधन गरेका थिए। उमेश तामाङद्वारा सञ्चालित कार्यक्रममा गायक अनुराज प्रधानले स्वागत सम्बोधन राखेका थिए भने हेमन्त थापाले धन्यवाद ज्ञापन गरे।

No comments:

Post a Comment

Post Bottom Ad