विमल गुरुङले जारी गरे अडियो; भने –‘हामी भूमिगत हुँदा मालिकवर्ग, सरकार र दलालहरूले श्रमिकवर्गलाई हेप्ने काम गरेका छन्’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, September 28, 2019

विमल गुरुङले जारी गरे अडियो; भने –‘हामी भूमिगत हुँदा मालिकवर्ग, सरकार र दलालहरूले श्रमिकवर्गलाई हेप्ने काम गरेका छन्’

गफसफ.com, कालेबुङ, 28 सितम्बर।
गोर्खा जनमुक्ति मोर्चाका संस्थापक अध्यक्ष एवं वर्तमान भूमिगत नेता विमल गुरुङले धेरै लामो समयपछि अडियो सन्देश जारी गरेर चिया श्रमिकहरूले पाउनुपर्ने पूजा बोनसबारे प्रतिक्रिया दिएका छन्। उनले चिया श्रमिकवर्गले आफ्नो अधिकारका रूपमा पूजा बोनस पाउनुपर्ने भएपनि आजसम्म उनीहरूले आफ्नो अधिकार नपाउनुको पछि पहाडको सत्तामा रहेका विनय तामाङ र अनित थापाहरू जिम्मेवारी रहेको आरोप लगाएका छन्।
2007 देखि आन्दोलन गरेपछि आफुहरूले जनतालाई शोषण र दमन गर्नका निम्ति राजनीति नगरेको दाबी गर्दै श्रमिकवर्गलाई उनीहरूको हक दिलाउने कार्य गरेको विमल गुरुङले दाबी गरेका छन्।‘आफ्नो जीवनको 365 दिन नै श्रमिकवर्गले कमानका निम्ति दिएका छन्। तर, अहिले आफ्नै अधिकारलाई समेत भीखको रूपमा माग्न परिरहेको छ। आफ्नो अधिकार समेत पाउन सकेका छैनन्। यो सबै दलालीहरू शाषणमा बसेको कारणले यसो भएको हो’ विमल गुरुङले अझै भने –‘आफ्नो स्वार्थमा मात्र राजनीति गरेर आफ्नो झोलि भर्ने मात्र कार्य गरिरहेका छन्। जनता जेसुकै होस् भने आफ्नो पद र कुर्सीको निम्ति मात्र राजनीति गर्ने कार्य गरिरहेका छन्। यस्ता व्यक्तिहरूको घोर भर्त्सना गर्दछु।’
गुरुङले लामो समयपछि जारी गरेको अडियो सन्देश चिया श्रमिकवर्गलाई सम्बोधन गरेको भएपनि अडियो सन्देशमा बिनय तामाङ र अनित थापालाई नै धेर गाली गरेका छन्। यसक्रममा उनले बिनय तामङ र अनित थापाहरूले 2017को गोर्खाल्याण्ड आन्दोलनलाई बेच्ने कार्य नगरेको भए आज चिया श्रमिकवर्गले यस्तो अवस्था भोग्न पर्ने थिएन भनि दाबी समेत उनले गरेका छन्। ‘विनय र अनितले धोका नदिएको भए आज पाउनुपर्ने अधिकार मालिकले दिन पर्थ्यो। तर, उनीहरू बिक्री भएको कारण यसको फल श्रमिकवर्गले भोग्न परेका छन्’ विमल गुरुङले भनेका छन्।
उनले वितेको 2016 सम्म आफुहरूले चिया श्रमिकवर्गलाई 20 प्रतिशत पूजा बोनस दिन सक्षम भएको दाबी गर्दै आज विनय तामाङ र अनित थापाहरूकै कारण श्रमिकवर्गले यसपल्ट बोनस पाउन गाह्रो परेको आरोप लगाएका छन्। यसक्रममा चिया कमानका मालिकवर्गले पनि झट्टै 20 प्रतिशत बोनस दिनुपर्ने अपिल गरेका छन्। उनले आफुहरू साढेचारवर्ष सत्तामा बस्ता सम्पूर्ण जनताको आकाङ्क्षा पुरा गरेको हो भन्दै अहिले आफूहरू भूमिगत बन्नुको कारण पनि जाति मुक्तिकै निम्ति हो भनेका छन्।
‘हामी भूमिगत हुँदा मालिकवर्ग, सरकार र दलाहरूले श्रमिकवर्गलाई हेप्ने काम गरेका छन्। यसको जवाब 2021 मा अवश्यै पाउनेछन्’ विमल गुरुङले अन्तमा आगामी 2021 मा हुने विधानसभा चुनावको सङ्केतमा ईङ्गित गर्दै भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad