मङ्पूलाई पराजित गरेर दार्जीलिङ बन्यो जीटीए अन्डर-18 गोल्डकप फुटबल च्याम्पियन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, October 2, 2019

मङ्पूलाई पराजित गरेर दार्जीलिङ बन्यो जीटीए अन्डर-18 गोल्डकप फुटबल च्याम्पियन

गफसफ.com, कालेबुङ, 2 अक्टोबर।
जीटीए स्पोर्टस् काउन्सिलको आयोजनामा सम्पन्न भएको जीटीए अन्डर-18 गोल्डकप फुटबल प्रतियोगितामा हिमालयन स्पोर्टिङ क्लब दार्जीलिङले मङ्पू युथ क्लबलाई 2-1 ले पराजित गरेर च्याम्पियन बनेको छ। कालेबुङको मेला ग्राउण्डमा सम्पन्न भएको उक्त गोल्डकप फुटबल खेलामा दुवै दलका खेलाडीवर्गले उत्कृष्ट खेल खेलेका थिए। खेलको सुरुआत देखिनै दुवै दलका खेलाडीवर्गले आक्रमक खेल खेलेका थिए। यसक्रममा हिमालयन स्पोर्टिङ क्लबका जाइहाङ सुब्बाले खेलको पहिलो हाफमा गोल गरेर टोलिलाई 1-0 को अग्रता बनाउन सक्षम भएका थिए।

पहिलो हाफमा खेलमा एक गोलले पछि परेका मङ्पू युथ क्लबका खेलाडीवर्गले दोस्रो हाफमा पनि उत्तिकै आक्रमकसँग खेल खेलेका थिए। यसक्रममा एकाधिक सुन्दर गोल गर्ने मौकाहरूलाई गोलमा परिणत गर्न सकेन। यता हिमालयन स्पोर्टिङ क्लब दार्जीलिङका खेलाडीवर्गले पनि दोस्रो हाफमा पनि उत्तिकै जोशपूर्ण खेल खेलेका थिए। यसक्रममा मङ्पू युथ क्लबका खेलाडी योगेश मङ्गरले विपक्षी खेलाडीवर्गलाई झुक्काएर निक्कै लामो दुरीबाट हिर्काएको दमदार किक् गोलपोस्टमा लागेर फर्कन्दा समर्थकहरू निराश बनेका थिए। यद्यपि उनै मङ्पू युथ क्लबका खेलाडी योगेश मङ्गरले नै विपक्षी टोलि हिमालयन स्पोर्टिङ क्लब दार्जीलिङको गोलपोस्टमा सुन्दर गोल गरेर खेललाई 1-1 को बराबरी बनाउन सक्षम भएका थिए।
दोस्रो हाफको खेलमा दुवै दलको गोल 1-1 बनेपछि खेल अझ रोमाञ्चन बन्न पुगेको थियो। यस अवधी दुवै द्लका खेलाडीवर्गले बराबरी नै गोलपोस्टमा आक्रमण गर्ने कार्य गरे पनि दुवै दलले गोल गर्न भने सकेन। यसै अवधी खेल समाप्त हुन अन्तिम क्षणमा हिमालयन स्पोर्टिङ क्लब दार्जीलिङका खेलाडी रोहित सुब्बाले गोल गरेर टोलिलाई 2-1 को अग्रता दिलाउन सफल भएका थिए। जुन गोल नै पछिबाट हिमालयन स्पोर्टिङ क्लब दार्जीलिङलाई बिजयी बन्नका निम्ति निर्णायक बनेको थियो।

No comments:

Post a Comment

Post Bottom Ad