राष्ट्रिय राजमार्ग 10 अन्तर्गत 29 माइलमा खुल्यो बाटो: पैह्रोको कारण केहिघन्टा यातायात बाधित - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, September 13, 2019

राष्ट्रिय राजमार्ग 10 अन्तर्गत 29 माइलमा खुल्यो बाटो: पैह्रोको कारण केहिघन्टा यातायात बाधित

गफसफ.com, कालेबुङ, 13 सितम्बर।  
राष्ट्रिय राजमार्ग 29 माइलमा गएको पैह्रो पीडब्ल्युडी हाईवे डिभिजनले सफा गरेर यातायात सुचारू गरेको छ। बिहान केहि घण्टासम्म यातायात बाधित बनेपनि दिउँसोदेखि बाटो पूर्णरूपले खुल्ला भएको विभागीय अभियन्ता उत्तम प्रधानले जानकारी दिएका छन्। हालमा विहान केहिबेरपछि विभागले एकतर्फी वाहन गुड्न सक्ने बाटो सफा गरेर यातायात सुरू गरेको थियो भने पछिबाट सबै मैला सोह्रेर दुवैतर्फी बाटो खुल्ला बनाएको प्रधानले थप जानकारी दिएका छन्।

स्मरण रहोस, आज राती परेको पानीको कारण 29 माइल नजिक पैह्रो जाँदा राष्ट्रिय राजमार्ग 10 बाधित बन्न पुगेको थियो। माथिबाट पैह्रोसँगै सोह्रिएर आएको हिलो माटोको थुप्रो राष्ट्रिय राजमार्गमा थुप्रिएपछि बाटो बन्द भएर केही घन्टासम्म वाहनहरूको जाम लागेको थियो। जसको कारण सिक्किम, कालेबुङबाट सिलगडी जाने यात्रीहरूले राजमार्गमा जामको समस्या भोग्न परेको थियो।

राष्ट्रिय राजमार्ग बन्द भएको जानकारी पाउन साथै यता पीडब्ल्युडी हाइवे डिभिजनका अभियन्ता उत्तम प्रधान घट्ना स्थलमा पुगेर पैह्रो सफा गर्ने कार्य थालेका थिए। उनकै निर्देशनमा विभागीय पक्षबाट जेसीभी लगाएर पैह्रो सोहर्ने कार्य आरम्भ गरेपछि यातायात दिउँसोसम्ममा सुचारू बन्न सकेको हो। हालमा बाटो पूर्णरूपले खुलेपछि यात्रीहरूले राहतको अनुभव गरेका छन्।  

No comments:

Post a Comment

Post Bottom Ad