गोर्खा जनमुक्ति मोर्चा विमल गुटद्वारा मन्त्री गौतम देवको विरोध गर्दै कालेबुङ शहरमा पोस्टरिङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, September 21, 2019

गोर्खा जनमुक्ति मोर्चा विमल गुटद्वारा मन्त्री गौतम देवको विरोध गर्दै कालेबुङ शहरमा पोस्टरिङ

गफसफ.com, कालेबुङ, 21 सितम्बर।  
गोर्खा जनमुक्ति मोर्चा (विमल गुट) को भातृ सङ्गठन युवा अनि नारी मोर्चाले कालेबुङ शहरमा पोस्टरिङ गरेर बङ्गाल सरकारका मन्त्री गौतम देवले केहिदिन अघि मिरिकमा दिएको बयानको घोर भर्त्सना जनाएको छ। गोजमुमो विमल गुटका तोप्देन भोटिया, ननिता गौतम आदिको नेतृत्वमा भेला भएका कार्यकर्ताहरूले कालेबुङ शहरको डम्बर चौकमा पोस्टरिङ गर्दै मन्त्रीको विरोध जनाएको हो।

पोस्टरिङ पछि पत्रकारहरूलाई सम्बोधन गर्दै नारी मोर्चा नेत्री ननीता गौतमले तृणमूल कङ्ग्रेस पार्टीका मन्त्री गौतम देवले गोर्खाहरूलाई खेद्ने प्रकारको जुन वक्तव्य दिए उक्त बयान अत्यन्त्यै निन्दनीय रहेको बताएकी छन्। ‘बङ्गालको मन्त्री भएर गोर्खाहरू बाहिरिन्छन् भन्ने बयान दिएर गोर्खाहरूलाई विदेशी भन्ने प्रकारको बयानको हामी विरोध गर्छौँ। एकजना मन्त्रीलाई यस्तो बयान दिन पटक्क सुहाँदैन। एकजना मन्त्रीले यहाँ होँच्याउने र आगो लगाउने काम गर्दैछ। यसको हामी गोर विरोध गर्छौँ’ ननिता गौतमले भनिन्।
गोर्खाहरूलाई बारम्बार विदेशीको लञ्छना लगाउने कार्य गरेर यहाँ राजनैतिक फाइदा उठाउने कार्य गरिरहेको भन्दै यी कुराहरू बुझ्नका निम्ति सम्पूर्ण जनता सचेत बन्नुपर्ने पनि उनले आह्वान गरेकी छन्। उनले सम्पूर्ण गोर्खाहरू एक हुनपर्ने आह्वान गर्दै यदि गोर्खाहरू एक भए कसैले पनि यसरी लाञ्छना लगाउन नसक्ने पनि उनले बताइन्। उनले यदि भारत सरकारले एनआरसी लागु गर्छ भने आफुहरूको विरोध नरहेको अनि यसले सम्पूर्ण पहाड तराई डुवर्सका मानिसहरूलाई सुरक्षा दिने दाबी पनि ननिता गौतमले गरिन्।
अर्कोतर्फ यता युवा मोर्चा नेता तोप्देन भोटियाले हालमा पहाडमा गोजमुमो विमल गुटको सम्पूर्ण कार्यहरू कार्यकारी अध्य्क्ष लोप्साङ लामाको नेतृत्व र परामर्शमा भइरहेको भन्दै विमल गुरुङ ईमान्दार र निष्ठावान भएकै कारण एकदिन उनी निश्चय फर्केर आउने कुरामा आफुहरू विश्वस्त रहेको पनि बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad