कालेबुङ जिल्लाको पबक गाउँमा ७९ बर्षिय वृद्धको हत्या - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, September 20, 2019

कालेबुङ जिल्लाको पबक गाउँमा ७९ बर्षिय वृद्धको हत्या

गफसफ.com, कालेबुङ, 20 सितम्बर।  
कालेबुङ जिल्ला अन्तर्गत कागे ग्राम पञ्चायत स्थित कागे पबक गाउँका ७९ बर्षिय वृद्ध इन्द्रबहादुर दर्जी (दमै कान्छा) को अज्ञात मानिसहरूले हत्या गरेको छ। प्राप्त जानकारी अनुसार अज्ञात मानिसहरूले रातीको समय एक्लै बस्दै आएका वृद्ध इन्द्रबहाद्रुर दर्जीलाई धारिलो हतियारले प्रहार गरेर हत्या गरेको छ। उक्त घट्नाबारे स्थानीय मानिसहरूले बिहान मात्र थाह पाएपछि पुलिसले सूचित गरेको थियो। पछिबाट घट्ना स्थलमा पुलिस पुगेर शवलाई उद्धार गरेर पोष्टमार्टमको निम्ति कालेबुङ जिल्ला अस्पतालमा पठाएको छ।

प्राप्त जानकारी अनुसार गाउँमा दमै कान्छा नाउँले परिचित ७९ बर्षिया वृद्ध इन्द्रबहादुर दर्जी आफ्नो घरमा एक्लै बस्दै आइरहेका थिए। उनी एक्लै बस्दै आइरहेको मौका हेरेर नै अज्ञात मानिसहरूले उनको घरैमा रातीको समय हत्या गरेको छ। कालेबुङ शहरदेखि लगभग 21 किलोमिटर टाडामा अवस्थित पबक गाउँ उसै पनि पतलो गाउँ भएको ठाउँ हो। जहाँ रातीको समय हत्या हुँदा गाउँका मानिसहरूले केहि थाह पाउनै सकेनन्। गाउँका मानिसहरूले बिहान लगभग 8:30 बजेतिर थाह पाएपछि तत्कालै पुलिसलाई सूचित गरेको थियो। जसको कारण पछिबाट पुलिसले शवको उद्धार गरेर घट्नाको जाँच गरिरहेको छ।
‘कसैले एक वृद्धको हत्या गरेको छ। जसको निम्ति हामीले हत्यारालाई पक्राउ गर्नका जाँच गरिरहेका छौँ। हत्याको हरेक कोणबाट जाँच चलिरहेको छ’ पुलिस सूत्रले भने।

No comments:

Post a Comment

Post Bottom Ad