क्यान्सर रोगी कल्याण दिवसमा हाम्रो छहारी-को कार्यक्रम सम्पन्न - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, September 24, 2019

क्यान्सर रोगी कल्याण दिवसमा हाम्रो छहारी-को कार्यक्रम सम्पन्न

गफसफ.com, मुम्बई, 24 सितम्बर।  
गत आइतबार परेको विश्व क्यान्सर  रोग कल्याण दिवसको उपलक्ष्यमा हिजो यहाँको परेलस्थित टाटा मेमोरियल क्यान्सर  अस्पतालमा विभिन्न सामाजिक संस्थाहरूद्वारा कतिपय कल्याणकारी कार्यक्रमहरूको आयोजना भयो।

हाम्रो छहारी-ले पनि यस औसरमा उक्त अस्पताल प्रशासनसँग पत्राचार गरी शिशु कक्षका उपचाराधीन बालकबालिकाहरूलाई सुक्खा खाद्य पदार्थ अनि खेलौनाहरू बाँड़ेर उनीहरूको शीघ्र स्वास्थ्यको कामना गर्दै आफुले सक्ने सहयोग गर्न अघि आएको थियो। हिजो सम्पन्न सो कार्यक्रममा १०० जना रोगी नानीहरूलाई मिठाई र खेलौना प्रदान गर्दै छहारी-का प्रतिनिधिहरूले ती नानीहरूका अभिभावकहरूसँग पनि अन्तरक्रिया गरे। यसरी नै उनीहरूले हाम्रो छहारी-ले गरिरहेको सामाजिक दायित्व पालन अनि आश्रम सञ्चालनबारे जागरुक गराउनका लागि उत्तर-पूर्वाञ्चललगायत अन्य स्थानबाट आएका रोगी तथा तिनका सहयोगीहरूमाझ विभिन्न भाषामा तयार गरिएका पर्चा वितरण गरे।
यस कार्यमा हाम्रो छहारी-का प्रमुख संयोजक शकुनसिंह राई, संयोजक स्वस्तिका छेत्री, सल्लाहकार कमलसिँह, हीरा छेत्री, आश्रमका आवासीय प्रबन्धक परेक विश्वकर्मा, कोलाबाबाट सामाजिक कार्यकर्ता वर्षा राई, सिक्किमका अतिथिहरू पीएन सापकोटा, पद्मा सापकोटा अनि नमन छेत्री विशेष रूपले खटेका थिए भने वितरण गरिएका सम्पूर्ण सामान अनि खाद्य पदार्थको प्रायोजना काठमान्डौ, नेपालको प्रख्यात शैक्षिक संस्थान रुपिस इन्टरनेसनल स्कूलकी शिक्षिका सुषमा गिरी सुब्बा अनि उनका सहयोगीहरूले गरेका थिए।

No comments:

Post a Comment

Post Bottom Ad