गोर्खाहरूलाई ‘रैथाने जाति’ – भनेर भाजपाले राजपत्र निकालोस्, म सांसद राजु विष्टको खुट्टा पक्रेर ढोग गर्नेछु – विनय तामाङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, September 6, 2019

गोर्खाहरूलाई ‘रैथाने जाति’ – भनेर भाजपाले राजपत्र निकालोस्, म सांसद राजु विष्टको खुट्टा पक्रेर ढोग गर्नेछु – विनय तामाङ

गफसफ.com, कालेबुङ, 6 सितम्बर ।
‘गोर्खा जनमुक्ति मोर्चा एनआरसी विषयमा गम्भीर छ। हामी भारतभरी छरिएर बसेका सम्पूर्ण गोर्खाहरू एनआरसीको कारण विदेशी बनिन नपरोस् भन्ने चाहन्छौँ। यदि केन्द्रको भारतीय जनता पार्टीको सरकारले गोर्खाहरूप्रति इमान्दार छन् भने सम्पूर्ण भारतीय गोर्खाहरूलाई भारतको रैथाने जाति (Original Inhabitants) भनेर राजपत्र जारी गरोस्। भाजपा सांसद राजु विष्टले यो कार्य गरेर देखाओस्। यदि गोर्खाहरूलाई भारतको रैथाने जाति भनेर राजपत्र निकालेर ल्याउँछन् भने म उनको खुट्टा छोएर ढोग गर्न सम्म तयार छु’ - उक्त कुरा गोजमुमो अध्यक्ष विनय तामाङले आज कालेबुङमा पत्रकारहरूसँग बोल्दै भनेका हुन्।

असममा एनआरसीको अन्तिम सूची सार्वजनिक हुनसाथै सुरु भएको चर्चा दिनदिनै बड्दै गइरहेको छ। असमका धेरै गोर्खाहरू एनआरसी सूचीबाट बाहिर परेपछि गोजमुमो (विनय गुट)ले भाजपा सरकारप्रति राजनैतिक आक्रमण गर्दै आइरहेको छ। यसक्रममा भाजपा सांसद राजु विष्टले हिजै मात्र सिलगडीमा आइपुगेपछि एनआरसीको मुद्दा उठाएर विनय तामाङहरूले जनतामा भ्रम फैलाउने कार्य गरिरहेको आरोप लगाएका थिए। यसका साथै सांसद विष्टले एनआरसीले गोर्खाहरूलाई उल्टै सुरक्षा प्रदान गर्ने दाबी गरेका थिए भने आज विनय तामाङले सांसद विष्टलाई गतिलो चुनौति दिएका छन्। यदि एनआरसी साँच्चै गोर्खाहरूका निम्ति सुरक्षा कवच हुन्छ भने सम्पूर्ण भारतभरि छरिएर बसेका गोर्खाहरूलाई भारत सरकारले ‘रैथाने जाति’ भने राजपत्र प्रकाशित गर्नुपरे चुनौति विनय तामाङले राजु विष्टलाई दिएका हुन्।
यसभन्दा अघि वर्तमान गृहमन्त्री अमित शाहले एनआरसीले गोर्खाहरूलाई केहि हुँदैन भनेर बयान दिए पनि असममा गोर्खाहरू एकलाख भन्दा धेर एनआरसी सूचीबाट बाहिर परेको घट्नाले भाजपाको पोल खोलिएको दाबी गर्दै बङ्गालमा पनि एनआरसी लगाएर भाजपाले गोर्खाहरूलाई नै विदेशी बनाउने षडयन्त्र गरिरहेको विनय तामाङले आरोप लगाएका छन्। यसक्रममा उनले आफुहरू एनआरसीको विरोधमा नरहेको स्पष्टिकरण दिँदै एनआरसी लागु गर्ने भाजपाको नियतमा भने शंका रहेको स्पष्ट पारेका छन्।
विनय तामाङले पत्रकारहरूसँग कुराकानी गर्नेक्रममा आफुहरू सम्पूर्ण भारतभरी छरिएर बसेका गोर्खाहरूप्रति चिन्तित रहेको भन्दै यदि केन्द्रको भाजपा सरकार गोर्खाहरूको भलाई चाहन्छन् भने गोर्खालाई रैथाने जातिको मान्यता दिँदै सुरक्षा प्रदान गर्नुपर्ने माग गरेका छन्। ‘पश्चिम् बंगालमा यदि भविस्यमा एनआरसी लागू गरिए आसाममा रहेका गोर्खा समुदायको अहिलेको स्थिति हेरेर दार्जीलिङ पहाड, तराई अनि डुवर्सले के- कस्तो प्रकारको पीडा भोग्नुपर्ने रहेछ भनेर अहिलेनै कल्पना गर्न सकिन्छ। यो भाजपा सरकारको गोर्खा समुदाय प्रति तेस्रो विफलता हुनेछ’ विनय तामाङले भने।

No comments:

Post a Comment

Post Bottom Ad