भोइस अफ टिस्टा को विशेष प्रदर्शनी सम्पन्न - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, September 6, 2019

भोइस अफ टिस्टा को विशेष प्रदर्शनी सम्पन्न

गफसफ.com, दार्जिलिङ, 6 सितम्बर ।
दार्जिलिङ सरकारी महाविद्यालयको ललिता राई अहमद स्मृति सङ्गोष्ठी भवनमा सुश्री मिन्कीत लेप्चाद्वारा निर्मित र निर्देशित भोइस अफ टिस्टा नामक वृत्तचित्रको विशेष प्रदर्शनी सम्पन्न भयो। दार्जिलिङ-सिक्किम पार्वतीय क्षेत्रमा विभिन्न जलविद्युत परियोजनाहरूले पारेको सकरात्मक र नकरात्मक प्रभावमा आधारित यस वृत्तचित्रको प्रदर्शनीपूर्व सुश्री लेप्चाले वृत्तचित्र निर्माणको औचित्य, महत्तव र निर्माण प्रकियामाथि प्रकाश पारिन।

कार्यक्रममा दार्जिलिङ सरकारी महाविद्यालयका शिक्षक परिषद्का सचिव डा. सेरप भोटियाले स्वागत सम्भाषण राख्दै सुश्री लेप्चाको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए। यस क्रममा डा. भोटियाले सुश्री लेप्चाले पर्यावरणको क्षेत्रमा लामो समयदेखि स्थलगत, शोधपरक र जानसारी-सचेतनामूलक काम गर्दै आएकी, टिस्टा जलविद्युत परियोजनाबारे असङ्ख्यन लघु वृत्तचित्र निर्माण गरेर राष्ट्रिय अन्तर्ष्ट्रिय स्तरमा पुरस्कृत भइसकेकी तथा विभिन्न विष्वविद्यालयहरूमा शोधपरक लेख र वार्हरू प्रस्तुत गरिसकेकी परिचयात्मक सूचनाहरू अघि सारे।

आज प्रस्तुत गरिएको भोइस अफ टिस्टा वृत्तचित्रमा विशेष गरेर दार्जिलिङ-सिक्किम हिमाली क्षेत्रको सामाजिक, राजनीतिक, सांस्कृतिक र पर्यावरणीय क्षेत्रमा धमाधम निर्माण भइरहेका जलविद्युत परियोजनाहरूले के-कस्तो नकरात्मक असर पारेको छ भन्ने कुराको जीवन्त र प्रभावी चित्रण गरिएको छ। विशेष प्रदर्शनीको अन्त्यपछि विद्यार्थीहरूलाई लिएर अन्तर्क्रियात्मक सत्र पनि समपन्न भयो। यस सत्रमा विद्यार्थीहरूले राखेका वृत्तचित्र र पर्यावरणीय विषयसम्बन्धी जिज्ञासा र प्रश्नहरूको उत्तर सुश्री लेप्चा र भुगोल विषयका विभागाध्यक्ष डा. सेरप भोटियाले दिएका थिए। आजको यस विशेष प्रदर्शनीमा प्रो. चन्दन नस्कर, प्रो. सत्यम तामङ, प्रो सुधा लामा र प्रो. रोशनी प्रधानको पनि विशेष उपस्थिति थियो।

No comments:

Post a Comment

Post Bottom Ad