सन्त अगस्तित स्कूलको गौरवपूर्ण कौस्तुभ जयन्तीको उद्घाटन; विशप स्टेफन लेप्चाले भने -"शैक्षिक विकासमा सन्त अगस्तिनको ठूलो योगदान रहेको छ" - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, August 28, 2019

सन्त अगस्तित स्कूलको गौरवपूर्ण कौस्तुभ जयन्तीको उद्घाटन; विशप स्टेफन लेप्चाले भने -"शैक्षिक विकासमा सन्त अगस्तिनको ठूलो योगदान रहेको छ"

गफसफ.com, कालेबुङ, 28 अगस्त।
कालेबुङको चर्चित सन्त अगस्तिन स्कूलको गौरवपूर्ण कौस्तुत जयन्तिको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। तीन दिवसीय कार्यक्रमको आज अन्तिम दिन सन्त अगस्तिन स्कूल स्थापनाको गैरवपूर्ण 75 वर्षलाई भव्यतापूर्व कौस्तुभ जयन्तिको रूपमा पालन गर्न मुख्य अथिति विशप स्टेफन लेप्चाको बाहुलीबाट कौस्तुभ जयन्तिको उघाटन गरिएको हो।

सन्त अगस्तिन विद्यालयकै डायमण्ड जुब्ली हलमा हिप्पोका सन्त अगस्तिनको सामुहिक स्मरण कार्यक्रमा विशप स्टेफन लेप्चाले सन्त अगस्तिन विद्यालयले कालेबुङमा क्षेत्रको शैक्षिक विकासमा 75 वर्षसम्म मूल्यवान योगदान दिएको बताउँदै आगामी दिनहरूमा पनि शैक्षिक विकासमा उत्तिकै योगदान दिने कुरामा विश्वस्त रहेको बताए। यस अवसरमा उनले सन्त अगस्तिन विद्यालयले निरन्तर शैक्षिक क्षेत्रमा पुर्‍याउँदै आइरहेको योगदानका निम्ति विगतका फादर, शिक्षकगण, विद्यार्थीवर्ग अनि अभिभाववर्गको स्मरण गर्दै सबैको एममुष्ठ योगदानले विद्याल यहाँसम्म आइपुग्न सकेको बताए। यसपछि मुख्य अथिति विशप स्टेफन लेप्चाको बाहुलिबाट नव निर्मित ‘प्लाटेनियम जुब्ली पभेलियन’-को पनि रिबन काटेर उद्घाटन गरियो भने यस अवसरमा विद्यार्थी अनि शिक्षकवर्गमाझ मन्त्रीपूर्ण फुटबल खेल सम्पन्न भएको थियो।

कार्यक्रमको दोस्रो सत्रमा भने कालेबुङका जिल्लापाल डा. विश्वनाथ मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए भने विशप स्टेफन लेप्चा विशिष्ट अथितिका रूपमा उपस्थित रहेका थिए। यस अवसरमा अभिभावग वर्गको पनि कार्यक्रममा सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालयका सातसय भन्दा धेरै विद्यार्थीवर्गहरूको सहभागितामा विभिन्ना गीत, नृत्य, नाटक सँगै साङ्गेतिक प्रस्तुति सम्पन्न भएको थियो।
कार्यक्रममा उपप्राचार्य फादर भिक्टोर फर्नान्डिसले सन्त अगस्तिन विद्यालय स्थापनाको ऐतिहासिक पृष्ठभूमिबारे उपस्थित सबैलाई जानकारी गराएका थिए। यसक्रममा उनले दोस्रो विश्वयुद्धको समयमा कसरी स्वीस फादरहरूले सन्त अगस्तिन स्कूलको स्थापना गरे भन्ने कुराको जानकारी गराए। कार्यक्रममा यसैवर्षका आईएससी टप्पर प्रजेश सुब्बा अनि आईसीएससी टप्पर रिसब दिलायी लगाययर उनीहरूका परिवार पक्षलाई स्कुलको पक्षबाट सम्मानित गरिएको थियो।

स्मरण रहोस्, गत 26 अगस्तका दिनदेखि आरम्भ भएको तीन दिवसीय कार्यक्रम आज समापन भएको हो भने आज कार्यक्रमको अन्तिम दिन कौस्तुभ जयन्तीको उद्घाटन गरिएको हो। आगमी वर्ष 2020 सम्म विद्यालयले आजदेखि एकवर्षसम्म कौस्तुभ जयन्तीको अवसरमा विविध कार्यक्रमहरू पालन गर्ने भएको प्राचार्य फादर जेराड लेप्चाले जानकारी गराएका छन्। उनले उक्त कौस्तुत जयन्तिको समापन आगामी वर्ष 28 अगस्त 2020 को दिन भवतापूर्वक समापन गरिने पनि जनाएका छन्।
तीन दिवसीय कार्यक्रमको पहिलो दिन विद्यालयका पूर्व विद्यार्थीहरूको सङ्गठन एल्मुनाई एसोसिएसनको वार्षिक साधरसण सभासँगै विविध कार्यक्रम पालन गरेको थियो भने दोस्रो दिन विद्यार्थीवर्गमाझ अन्तर दलिय स्वीमिङ प्रतियोगिता सम्पन्न भएको थियो। यस असवरमा तीनै दिन विद्यार्थीवर्गद्वारा तयार पारिएका विभिन्न मोडेलहरूको प्रदर्शनी गरिएको थियो भने नेपाली विभागद्वारा नेपाली सांस्कृतिक प्रदर्शनी राखेको थियो। उक्त प्रदर्शनी हेरेर धेरै अभिभाववर्ग खुशी बनेका थिए भने अङ्ग्रेजी माध्यमका स्कूलले नेपाली संस्कृतिको जगेरा गर्ने कार्यप्रति सराहना व्यक्त गरे। 

No comments:

Post a Comment

Post Bottom Ad