खर्साङ कलेजमा भाषा दिवस पालन; सुवास सोताङकृत - ‘भाषा आन्दोलन: इतिहास र उपलब्धि’- को तेस्रो संस्करण विमोचन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, August 23, 2019

खर्साङ कलेजमा भाषा दिवस पालन; सुवास सोताङकृत - ‘भाषा आन्दोलन: इतिहास र उपलब्धि’- को तेस्रो संस्करण विमोचन

गफसफ.com, खर्साङ, 23 अगस्त।
नेपाली भाषा मान्यता आन्दोलनबारे सुवास सोताङद्वारा लिखित ऐतिहासिक पुस्तक भाषा आन्दोलन: इतिहास र उपलब्धि- को तेस्रो संस्करण खर्साङ कलेजमा आयोजित भाषा दिवस समारोहमा विमोचन गरिएको छ। खर्साङ कलेजका नेपाली विभाग अन्तर्गत स्नातकोत्तर (एम.ए) तहका विद्यार्थीवर्गको विशेष पहलमा आयोजित भाषा दिवस कार्यक्रममा उनी प्रमुख वक्ताका रूपमा उपस्थित रहेका थिए। यस अवसरमा उनले नेपाली भाषाले भारतीय संविधान अन्तर्गत मान्यता प्राप्त गर्नुनै वास्तमा नेपाली भाषीहरूको निधारमा लागेको विदेशीको लाञ्छना मेट्नु रहेको पनि बताए।

यस अवसरमा लेखक सुवास सोताङलाई कलेजको पक्षबाट प्राचार्य डा. समीर बलको बाहुलीबाट सम्वर्द्धना पनि जनाइएको थियो। कलेजका प्राचार्य डा. समीर अलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा डा. जस योन्जन प्यासी मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए भने नेपाली विभागका विद्यार्थीवर्गसँगै महाविद्यालयका प्राध्यपकगणको पनि विशेष उपस्थिति रहेको थियो।
प्राध्यपक योगेश खातीद्वारा सञ्चालित कार्यक्रमलाई सम्बोधन गर्दै सुवास सोताङले नेपाली भाषाको पठन पाठनसँगै यसको सम्वर्द्धन हुनु पनि जरूरी रहेको बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad