पदोन्नतिको मागमा सिन्कोना बगानमा कार्यरत अफिस हेल्परहरूको पेन डाउन हड्ताल जारी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, August 31, 2019

पदोन्नतिको मागमा सिन्कोना बगानमा कार्यरत अफिस हेल्परहरूको पेन डाउन हड्ताल जारी

गफसफ.com, कालेबुङ, 31 अगस्त।
सिन्कोना बगानमा कार्यरत अफिस हेल्परहरूको आफ्नो पदोन्नतिको मागमा आखिरमा पेन डाउन हडताल सुरु गरेको छ। गत बिहीबारदेखि सुरु भएको पेन डाउन हड्तालको क्रममा आज मन्सोङ सिन्कोना बगानका पाँच वटा विभागका कार्यलयमा कार्यरत अफिस हेल्परहरूले आज व्यवस्थापक कार्यलयमा भेला भेर आफ्नो पदोन्नतिको माग गर्दै पेन डाउन हड्ताल गर्दै धर्ना प्रदर्शन गरे। मङ्पू, रोङ्गो, लाठपञ्चर, सिटोङ  मन्सोङ आदि सिन्कोना बगानमा कार्यरत अफिस हेल्परहरूले अहिलेसम्म न्याय पाउन नसकेपछि आखिरमा उनीहरूले विभागको ध्यान आकर्षण गराउँदै पेन डाउन हड्ताल गर्न परेको हो।

सिन्कोना सहायक सङ्गठन प्रतिनिधि नयन राई अनुसार धेरै लामो समयदेखि बगानमा ग्रुप-डी नियुक्ति प्रक्रिया ठप रहेको छ। जसको कारण आफूहरूको ग्रुप-डी  पद उन्नति हुन नसकिरहेको कारण आफ्नो मागमा आफूहरूले कार्यलयमा यसरी पेन डाउऩ गरेर धर्ना दिनु परेको बताए। उनले विगत 2011 सालदेखि सिन्कोना बगानमा मजदुरबाट हुने ग्रुप-डी नियुक्ति प्रकिया ठप्प रहेको कारण बगानको घेरै श्रमिकहरूले समस्या भोग्न परिरहेको छ बताएका छन्। हामीले यस विषयलाई लिएर विभागसित धेरै चोटि आफ्नो मागहरू राखिसकेका छौँ। तर आजसम्म पनि आफूहरूको माग पूरा नभए पछि यसरी पेन डाउन गरेर धर्नामा बस्न बाध्यका हौँनयन राईले अझ भने -जबसम्म आफूहरूको पदोन्नति प्रक्रियालाई विभागले सुरु गर्दैन तबसम्म हामी आन्दोलनलाई यथावत् राख्नेछौँ ।
यसैक्रममा धेरै लामो समयदेखि निम्नतम रोजीमा कार्यलयको जिम्मेवारी कामकाज कार्यालयमा कार्यरत कर्मचारीवर्गले गर्दै आएपनि अहिलेसम्म उनीहरूलाई विभागले ग्रुप डीमा पदोन्नति भने गरेको छैन। यसक्रममा आफूहरूले सम्बन्धित निकायमा माग राख्ने काम गरे पनि विभागीय पक्षबाट भने अहिलेसम्म कुनै सुनवाई समेत हुन सकेको छैन। यसैक्रममा आखिरमा विभागको ध्यान आकर्षण गराउन आफूहरूले धर्ना गर्नुपरेको दीपक बोम्जनले बताएका छन्। आफूहरूको नियुक्तिलाई लिए धेरै चोटि विभागलाई गुहार लगाए पछि न्याय नपाउँदा आज यसरी पेन डाउन हड्ताल गर्नु बाध्य बनेका हौँ। बगानको कार्यलयहरूमा धेर जसो जिमेवार कामहरू हेल्परहरूले गरिरहेका छन्। आज यसरी हामीले पेन डाउन गर्दा विभागको धेरै कार्यहरूमा असर परेको छ। यो हाम्रो आन्दोलनलाई विभागले अनि सरकार पक्षले न्याय दिनु पर्ने हाम्रो माग रहेको छबमजनले भने।
यता रम्फू विभागबाट आफ्नो कार्यलयमा पेन डाउन गरेर धर्ना दिन आएका आदित्य तामाङले भने- सिन्कोना बगानका श्रमिकहरूको पदोन्नति नहुँदा यसको सोझो असर यहाँ अर्थनीतिमा पर्न जान्छ। आज हाम्रो श्रमिक लगायत अफिस हेल्परहरूको आर्थिक अवस्था धरा सही बन्दै गइरहेको छ। यस्तो अवस्थामा विभागले पदोन्नति प्रक्रियालाई अघि लिएर जानु आजको मूलभूत आवश्यक्ता हो ।

No comments:

Post a Comment

Post Bottom Ad