असम राज्यमा एनआरसीको अन्तिम सूची सार्वजनिक : एक लाख भन्दा धेर गोर्खाहरू एनआरसी सूचीबाट बाहिर - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, August 31, 2019

असम राज्यमा एनआरसीको अन्तिम सूची सार्वजनिक : एक लाख भन्दा धेर गोर्खाहरू एनआरसी सूचीबाट बाहिर

गफसफ.com, गुवाहटी, 31 अगस्त।
नेशनल रेजिस्टर अफ् सिटिजन (एनआरसी) ले असम राज्यमा आज अन्तिम सूची सार्वजनिन गरेपछि एकलाख भन्दा धेर गोर्खाहरू एनआरसी सूचीबाट बाहिर परेका छन्। जसको कारण असममा पुर्खौँदेखि वसोबास गर्दै आएका गोर्खाहरू समस्यामा परेका छन्। नेशनल रेजिस्टर अफ् सिटिजन (एनआरसी) ले आज जारी गरेको अन्तिम सूचीमा मोठ 19 लाख, 6 हजार 6 सय 57 जना एनआरसी सूचीबाट बाहिर परेका छन् जसमध्ये एक लाखभन्दा धेर गोर्खाहरू पनि उक्त सूचीबाट बाहिर परेका हुन्।

एनआरसीलाई लिएर अघिबाटै गम्भीरतासँग कार्य गर्दै आइरहेको भारतीय गोर्खा परिसंघ उक्त घट्नालाई नजिकबाट हेरेर समस्या समाधानको पक्षमा लागिपरेको छ। भागोपको विशेष सक्रियतामा नै यसभन्दा अघि 4 लाख भन्दा धेर गोर्खाहरू एनआरसीसूचीबाट बाहिर परेका थिए भने सम्बन्धि निकायप्रति बारम्बार भेटघाट र दस्तावेजहरू पेश गरेकै कारण यसपल्ट उक्त सङ्ख्या घटेको छ।
भारतीय गोर्खापरिसंघ आसम राज्य समितिका अध्यक्ष नित्यानद उपाध्ययले भने –‘धेरै छोडिएका गोर्खाहरूका नाम आज जारी अन्तिम सूचीमा समावेश भएका छन्। यद्यपि सम्पूर्ण विवरण आइपुग्नमा अझ केहि दिन लाग्नेछ। यसक्रममा एकलाख भन्दा धेर गोर्खाहरू एनआरसी सूचीबाट छुटिएको अनुमान गरिएको छ ।’
यसैक्रममा भारतीय गोर्खा परिसंघ (युवा एकाईमा) राष्ट्रिय सचिव नन्द किराती देवानले गोर्खाहरूले एनआरसी सूची तयरीमा आफ्नो धर्य बनाएर राखेको बताउँदै आज जारी अन्तिम सूचीले धेरै सकारात्म उर्जा प्राप्त भएको बताएका छन्। विगतमा रहेको धेरै गल्तीहरूको सुधार पछि एनआरसी सूचीमा छोडिएका धेरैको नाम अन्तरभुक्त रहेको बताउँदै 20 हजार भन्दा धेर गोर्खाहरू अघिबाटै डी-भोटर (डाउडफूल भोटर) को सूचीमा परेको कारण उनीहरूको नाम छुटेको बताएका छन्। यसक्रममा उनले पनि एकलाख भन्दा धेर गोर्खाहरूको एनआरसी सूचीबाट छुटेको बताएका छन् जसलाई पछि फरेन ट्रिब्युनलमा अर्जी गर्न सकिने बताएका छन्।
यसैक्रमा भारतीय गोर्खा परिसंघका राष्ट्रिय कार्यकारी अध्यक्ष मुनिष तामाङले भने –‘स्वतन्त्रता सङ्ग्रामी एवम् आसम प्रदेश कङ्ग्रेस कमिटिका संस्थापक छबिलाल उपाध्ययकी नातिनी श्रीमती मञ्जु देवीसँगै उनका दुईजना नानीहरूको नाउँ छुट्नु अत्यन्तै दुर्भाग्यपूर्ण हो ।’ उनले एनआरसी सूचीबाट छुटेका गोर्खाहरूलाई भागोपसँग सम्पर्कमा रहने अपिल गर्दै नाम छुटेका खाँटी नागरिकहरूको समस्यालाई सही प्रकारले सम्बोधन गरिनुपर्ने माग गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad