गोरूबथानमा गोजमुमो श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियनको सभा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, August 5, 2019

गोरूबथानमा गोजमुमो श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियनको सभा


गफसफ.com, गोरूबथान, 5 अगस्त।
दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियन कालेबुङ जिल्ला समितिको एक सभा गोरूबथानमा सम्पन्न भएको छ। यस अवसरमा केन्द्रिय पर्यवेक्षक एलएम लामासँगै जीटीए बोर्ड सदस्य सञ्चबीर सुब्बा विशेष रूपले उपस्थित रहेका थिए। यसका साथै पार्टीका केन्द्रिय समिति सदस्य मणिकुमार राई, समष्टि न.2 सभापति हर्कमान छेत्री, 42 न० समष्टि जोन 12 को सभापतिद्वय अजय प्रधान र पेमा तामाङको पनि उपस्थिति रहेको थियो।

ट्रेड युनियन जिल्ला समिति सभापति डीबी छेत्रीको अध्यक्षतामा सम्पन्न उक्त सभालाई समिति  सचिव डीआर शर्माले सञ्चालन गरेका थिए। यसक्रममा कालेबुङ जिल्ला अन्तर्गत रहिआएका छवटा चिया कमानहरू क्रमैले मिसनहिल, छोटा फागु, अप्पर फागु, अम्बियोक, कुमाई र सामाबियोङका श्रमिकहरूले भोगिरहेका विविध समस्याहरूमाथि विस्तृत चर्चा गरिएको एलएम लामाले जानकारी दिएका छन्। यसका साथै साङ्गठानिक गतिविधि र श्रमिक हितका कामहरूलाई अघि बडाउन सभा आयोजना गरिएको पनि लामाले जनाएका छन्।
चिया श्रमिकहरू वर्षौदेखि शोषित र पीडित रहिआएको बताए बताउँदै एलएम लामाले चिय़ा श्रमिकहरूमाथि आजसम्म कुनै न्याय नपाएको अभियोग  लगाएका छन्। ‘केन्द्रको सरकार चिया बेच्नेको नेतृत्वमा छ। तर पहाड़का चिया श्रमिकहरूको हालात भने दयनीय छ’ एलएम लामाले केन्द्र सरकार प्रति कटाक्ष गर्दै भने। उनले डीटीडीपीएलयूले चिया श्रमिकहरूको हितको लागि काम गर्दैआएको र आउँदा दिनमा पनि चिया श्रमिकहरूको हितमा सङ्घर्ष जारी राख्ने बताएका छन्। यसैक्रममा भाजपाले चिया श्रमिकहरूको भोट र सहानुभूति प्राप्त गर्नको लागि लोकसभाको चुनाउमा गरेको वाचाहरू पूरा नगरेको अभियोग लगाउँदै गोजमुमोले चिया श्रमिकहरूको लागि पर्जापट्टा र अरु हक अधिकारको निम्ति राजनैतिक फाइदा नहेरी पहल गरिरहेको पनि दाबी गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad