सुष्मा स्वराजको निधनप्रति विनय तामाङद्वारा शोक प्रकट; भने - ‘गोर्खाल्याण्ड आन्दोलनको एकजना दह्रिलो नैतिक समर्थकलाई हामीले गुमाएका छौं’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, August 7, 2019

सुष्मा स्वराजको निधनप्रति विनय तामाङद्वारा शोक प्रकट; भने - ‘गोर्खाल्याण्ड आन्दोलनको एकजना दह्रिलो नैतिक समर्थकलाई हामीले गुमाएका छौं’

गफसफ.com, दार्जीलिङ, 7 अगस्त।
भारतीय जनता पार्टीका नेतृ एवम् पूर्व विदेश मन्त्री सुषमा स्वराजको निधनप्रति गोजमुमो अध्यक्ष विनय तामाङले एक प्रेस विज्ञप्ती जारी गरेर शोक प्रकट गरेका छन्। यसक्रममा सुष्मा स्वराजको निधनले एकजना गोर्खाल्याण्डको समर्थकलाई गोर्खाहरूले गुमाएको पनि बताएका छन्।
Sushma Swaraj -File Photo
गोजमुमो विनय गुटका अध्यक्ष तामाङले सुष्मा स्वराजलाई गोर्खाल्याण्डको पक्षधरमा रहेको राष्ट्रिय स्तरकी नेतृ रहेको बताउँदै उनको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। ‘हाम्रो जनाकाङ्क्षा, जातीय मुक्ति र सङ्घर्षको एउटै मात्र विकल्प छुट्टै राज्य गोर्खाल्याण्ड निर्माणको राष्ट्रिय स्तरकी पक्षधर नेतृ श्रीमति सुष्मा स्वराजको निधनको खबरले हामीलाई आहत बनाएको छ। यस दु:खद् घड़ीमा उनीप्रति हर्दिक श्रद्धाञ्जली अर्पण गर्दछु’ विनय तामाङले भनेका छन्।
यसक्रममा विनय तामाङले सुष्मा स्वराजको निधन भारतीय राजनीतिको लागि मात्रै अपूरणीय क्षति नभएर राष्ट्रिय चिनारी र अस्मिताको लागि सङ्घर्षरत गोर्खाहरूका निम्ति पनि ठूलो क्षति रहेको बताएका छन्। ‘गोर्खाल्याण्ड आन्दोलनको एकजना दह्रिलो नैतिक समर्थकलाई हामीले गुमाएका छौं’ विनय तामाङले भनेका छन्।
विनय तामाङले जारी गरेको विज्ञप्तीमा सुष्मा स्वराजले सदनमा गोर्खाल्याण्ड निर्माणको मुद्दालाई उठान गरेको समेत बताएका छन्।  ‘सुष्मा स्वराज ती भाजपाकी वरिष्ठ नेतृ हुन्, जसले पहिलोचोटि सन् 2009 मा संसदको तल्लो सदनमा बङ्गालबाट अलग गरेर गोर्खाल्याण्ड निर्माण गरिए त्यसले भारतको अखण्डतालाई नै अक्षुण्ण राख्ने बताउँदै यस मागको चर्चा उठाएकी थिइन्। तत्कालीन प्रतिपक्षकी उप-नेतृ रहेकी स्वराजले अलग राज्य गोर्खाल्याण्ड आन्दोलनलाई पृथकतावादी आन्दोलन भनेर अस्वीकार गर्न नसिकने भन्दै सदनमा त्यस प्रकारको चर्चा उठाएर राष्ट्रिय स्तरमा गोर्खाल्याण्ड निर्माणको औचित्यलाई आफ्नो पक्षबाट थप प्रकाश पारेकी थिइन्। गोर्खाल्याण्ड आन्दोलनको लागि स्वराजको समर्थन सदैव प्रेरणा भएर रहनेछ’ विनय तामाङले भनेका छन्।
यसक्रममा उनले उनीजस्ती नेतृको समर्थनले नै गोर्खाल्याण्ड आन्दोलनले गतिशीलता प्राप्त गर्दै अगाड़ि बढ़िरहेको हो समेत भनेका छन् भने अरु धेरै नेतृत्वले केवल राजनीतिको स्वार्थ पूरा गर्न यो मागलाई उठान गर्दैआएको लगाएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad