सुष्मा स्वराजको निधनमा विमल गुरुङले गरे शोक प्रकट ; भने – ‘उनको निधनले गोर्खा राजनीतिको निम्ति ठूलो क्षति भएको छ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, August 7, 2019

सुष्मा स्वराजको निधनमा विमल गुरुङले गरे शोक प्रकट ; भने – ‘उनको निधनले गोर्खा राजनीतिको निम्ति ठूलो क्षति भएको छ’

गफसफ.com, दार्जीलिङ, 7 अगस्त।
पूर्व विदेशमन्त्री एवम भाजपा नेतृ सुष्मा स्वराजको निधनप्रति गोजमुमो पार्टीका संस्थापक अध्यक्ष एवम् भूमिगत नेता विमल गुरुङले शोक प्रकट गर्दै श्रद्धाञ्जली चढाएका छन्। उनले आज एक प्रेस विज्ञप्ती जारी गरी समवेदना प्रकट गर्दै सुष्मा स्वराजको निधन देशको राजनीतिमा अपुरणीय क्षति रहेको बताएका छन्।

‘भारतीय राजनीतिमा सशक्त महिला राजनैतिक अनुहार, विदुषी राजनीतिज्ञ अनि भारतकी पूर्व विदेश मन्त्री सुषमा स्वराजको निधनले देशको राजनीतिमा अपुरणीय क्षति भएको छ। केवल राष्ट्रिय राजनीतिमा मात्र नभएर हाम्रो सन्दर्भमा क्षेत्रीय राजनीतिमा राष्ट्रमा गोर्खा जातिले झेल्नुपरेको राजनैतिक समस्यालाई पूर्ण रूपमा बुझ्न सकेकी नेत्री सुषमा स्वराजको निधन भनेको गोर्खा राजनीतिको निम्ति झनै ठूलो क्षति हो’ विमल गुरुङले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad