सन्त अगष्टिन बन्यो स्टेट च्याम्पियन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, July 2, 2019

सन्त अगष्टिन बन्यो स्टेट च्याम्पियन

गफसफ.com, कालेबुङ, 2 जुलाई |  
सन्त अगष्टिन विद्यालय, कालेबुङले सन्त कार्लाइट विद्यालय, दक्षिण दिनाजपुरलाई 4-0 ले पराजित गरेर सी.आई.एस.सी.ई अन्डर-17 पश्चिम बङ्गाल एवम् नर्थ इष्ट रिजनल फुटबल टुर्नामेन्टको खिताब जितेको छ। यसका साथै पश्चिम बङ्गाल राज्यमा सन्त अगष्टिन विद्यालय, कालेबुङको नाउँ उच्च भएको छ।

नदिया जिल्लाको रानाघाट स्थित सन्त मेरी उच्च विद्यालयको मैदानमा सम्पन्न भएको उक्त लिग एवम् नक-आउट फुटबल टुर्नामेन्ट गत 29 जुनदेखि सम्पन्न भएको थियो भने आज उक्त टुर्नामेन्टको फाइनल खेला सम्पन्न भएको हो। राज्यभरीका मोठ 20 वटा विद्यालयहरूले भाग लिएको उक्त टुर्नामेन्टमा सन्त अगष्टिन विद्यालय, कालेबुङका खेलाडीवर्गले सुरोदेखि नै उत्कृष्ट खेल प्रदर्शन गरेका थिए।

सम्पूर्ण टुर्नामेन्टभरी एउटै गोल नखाएको सन्त अगष्टिन विद्यालयले फानलमा अझ उत्कृष्ट प्रदर्शन गरेको थियो। जसको कारण फाइनल खेलामा विपक्षी दल सन्त कार्लाइट विद्यालय, दक्षिण दिनाजपुरलाई 4-0 गोल अन्तरले पराजित गर्दै फाइनलको खिताब आफ्नो झोलिमा हालेको हो। टुर्नामेन्टमा उत्कृष्ट प्रदर्शन गर्ने सन्त अगष्टिन विद्यालयका कप्तान खाङ्गस्वराङ्ग ब्रह्मलाई म्यान अफ् द टुर्नामेन्ट घोषणा गरिएको छ।
आज सम्पन्न भएको सी.आई.एस.सी.ई अन्डर-17 पश्चिम बङ्गाल एवम् नर्थ इष्ट रिजनल फुटबल टुर्नामेन्टको खिताब जित्नका साथै सन्त अगष्टिन विद्यालयले अन्तर राज्य फुटबल टुर्नामेन्ट क्वालिफाइ गर्न सक्षम भएको छ। जुन खेला आगामी  24 जुलाईदेखि कोलकोताको सल्टलेकमा सम्पन्न हुने भएको छ। यता विद्यालयका खेलाडीवर्गले उत्कृष्ट प्रदर्शन गर्दै पश्चिम बङ्गाल एवम् नर्थ इष्ट रिजनल फुटबल टुर्नामेन्टको खिताब जितेपछि विद्यालयका प्राचार्य फादर जेरार्ड लेप्चाले सम्पूर्ण खेलाडीवर्गलाई बधाई दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad