कालेबुङ जिल्ला अस्पतालमा ज्यान लिने ‘सुई’: मृतकका परिवार पक्षले लगायो लापारवाहीको आरोप - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, July 3, 2019

कालेबुङ जिल्ला अस्पतालमा ज्यान लिने ‘सुई’: मृतकका परिवार पक्षले लगायो लापारवाहीको आरोप

गफसफ.com, कालेबुङ, 3 जुलाई  
कालेबुङ जिल्ला अस्पतालमा बिरामीहरूलाई लगाइएको सुईले एकजनाको ज्यान गएपछि आज अस्पताल परिसरको वातावरण तनावपूर्ण बन्यो। मङ्गलबार बिहान जिल्ला अस्पतालका स्वास्थ्य सेविकाहरूले अस्पतालमा भर्ना गरिएका बिरामीहरूलाई सुई लगाउने कार्य गरेपछि एकाएक 12 जना बिरामीहरूको स्वास्थ्य बिग्रेको थियो। यस्तो अवस्थामा राष्ट्रिय राज 10 अन्तर्गत पर्ने किर्ने निवासी बीरबहादुर तामाङको अवस्था झनै बिग्रेपछि अस्पतालकै एचडीयु-मा भर्ना गरिएको थियो। जसको आज मृत्यु भएको छ। उनको मृत्युपछि अस्पतालको वातावरण तनापूर्ण बनेको थियो भने अस्पतालमा बिरामीहरूको जीवनसँग खेलवाड गरेकै कारण बिरामी बीरबहादुर तामाङले ज्यान गुमाउनु परेको पीडित पक्षको आरोप रहेको छ।

घट्ना के हो त?
उसै त कालेबुङ जिल्ला अस्पतालमा धेरै बिरामीहरू उपचार्थ भर्ना भएका छन्। स्वास्थ्य कर्मीहरूले बिरामीहरूको दैनिक जाँच गर्दै आवश्यक उपचार गरिरहेकै छन्। यस्तो अवस्थामा मङ्गलबार बिहान दैनिक बिरामीहरूलाई लगाइने सुई स्वास्थ्य सेवीकाहरूले लगाउने कार्य गरिन्। त्यसपछि एकाएक 12 जना बिरामीहरूको अवस्था बिग्रन पुगेको हो। 12 जना बिरामीहरूलाई सुई लगाइएपछि उनीहरू काम्न थालेका थिए। त्यसपछि चारैतिर सनसनी फैलिएको थियो भने अस्पतालमा बिरामीहरूका परिवार पक्षले लापारवाहीको आरोप लगाए। त्यसैबेला 37 वर्षिय वीरबहादुर तामाङको अवस्था झनि सोँचनीय बनेपछि उनलाई एचडीयुमा भर्ना गरिएको हो भने उनको आज मृत्यु भएको छ। उनको मृत्युपछि परिवार पक्षले सोझै अस्पताल पक्षमाथि लापारवाहीको आरोप लगाउँदै क्षतिपूर्तीको माग समेत गरेका छन्।

अस्पतालमा लापारवाहीको आरोप
उसै त कालेबुङ जिल्ला अस्पतालमा समय समयमा विवादित घट्ना घटिरहन्छन्। यस्तै अवस्थामा यसपल्ट बिरामीहरूलाई लगाइएको सुईको कारण मृत्यु भएपछि अस्पताल कर्तृपक्षको कार्यप्रणालीलाई लिएर प्रश्न उठेको छ। बिरामीहरू अस्पतालमा स्वास्थ्य बन्नका निम्ति आए पनि यता अस्पतालमा सुई लगाएर उल्टै मृत्यु भएको घट्नाले भने अस्पताल पक्षको लापारवाही हो भनि पीडित परिवार पक्षले आरोप लगाएकाअ छन्। सुई लगाइएपछि मृत्यु भएका बीरबहादुर तामाङको परिवार पक्षले उनलाई बिहानको सुई लगाउन अघि ठिकै रहेको बताउँदै सुई लगाएपछि नै उनको अवस्था बिग्रेको अनि आज मृत्यु भएको पीडित परिवार पक्षले बताएको छ। मृतक वीरबहादुर तामाङकी बहिनी प्रतिकाले दाजुको मृत्युपछि अस्पताको लापरवाहीको आरोप लगाउँदै भनिन् –‘अस्पतालको लापरवाहीको कारण नै हाम्रो बिमारीले ज्यान गुमाउनु परेको हो। हाम्रो बिमारी अस्पतालमा आएपछि नै सिकिस्त बने। हामी अस्पताल पक्षबाट परिवारको निम्ति क्षतिपूर्ती चाहन्छौँ ।’

क्षतिपूर्तीको माग
बिरामी वीरबहादुर तामङको 10 वर्षे अनि 5 वर्षिय नानीहरू रहेको बताउँदै उनी परिवारको मूल सदस्य रहेको अनि उनको मृत्यपछि नानीहरूको भविष्यसमेत अन्धकारमा रहेको बहिनीले बताएकी छन्। यसक्रममा मृतकको क्षतिपूर्तीसँगै क्षतिपूर्तीसितै नानीहरूको शिक्षाका निम्ति पत्निलाई नोकरी दिइनुपर्ने परिवार पक्षले अस्पतालपक्षलाई माग गरेको छ। यता मृतककी पत्नि धनमाया छेत्रीले पनि परिवारको एउटै मात्र आय स्त्रोतका रूपमा रहेका वीरबहादुरको यस्तो दुखद निधन भएपछि अब विशेष परिवारमा रहेका दुई नानीहरूको शिक्षा व्यवस्थामा कमि हुने गुनासो पोखिन्। ‘अस्पतालपक्षको लापरवाहीले मेरो पतिको ज्यान गयो। उनी नै घरमा कमाउने मूल व्यक्ति हुन्। अब दुई जना नानीहरू स्कुल पठाउन गाह्रो हुन्छ। यसर्थ मलाई मलाई न्याय हुनपर्छ’ मृतककी पत्नी धनमाया छेत्रीले भनिन्।

घट्नाको जाँच गरिने
मङ्गलबार सुई लगाएपछि 12 जना बिरामीहरूको अवस्था बिग्रनसाथै जाँच कमिटि गठन गरेर जाँच गरिने बताउने सीएमओएच डा. निरूपम विश्वासले आज पुन: घट्नाको जाँच गरिने कुरा बताएका छन्। उनले उक्त घट्नापछि दुख व्यक्त गर्दै मृतकका परिवारलाई क्षतिपूर्ती प्रदान गर्ने अनि नोकरी दिने विषयमा विभागीय पक्षबाट पहल गर्ने आश्वासन दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad