प्राथमिक शिक्षक-शिक्षिकाको आमरण अन्शन : सङ्घर्षमा दिदी वनाम दिदीमुनी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, July 22, 2019

प्राथमिक शिक्षक-शिक्षिकाको आमरण अन्शन : सङ्घर्षमा दिदी वनाम दिदीमुनी

      विचार / राजनीति _______________________ सचिन चामलिङ राई        
21 जुलाईमा धर्मतलाको जमघटबाट मुख्यमन्त्री ममता ब्यानर्जीले घोषणा गरिन् "काम-काज छैन सड़कमा आएर बस्यो भइहाल्यो।" यो मन्तव्य प्राथमिक शिक्षकहरूको आन्दोलनमाथि गरिएको टिप्पणी थियो। 21 जुलाईको धर्मतला जमघटमा आउने पार्टी क्याडरहरूका निम्ति सित्थैमा खाने बस्ने प्रबन्ध गरिएको करुणामयस्थित स्थलदेखि केवल 100 सय फिट दुरीमा पिउने पानी, बिजुली बत्ती, शौचालय जस्ता बुनियादी सुविधादेखि वञ्चित बनेर प्राथमिक शिक्षक शिक्षिकाहरू आमरण अनशनमा बसिरहेका थिए अनि बसिरहेका छन्। तर प्राथमिक शिक्षक शिक्षिकाको आन्दोलनमाथि टिप्पणी गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, केन्द्रको समानुपाती वेतन चाहिन्छ भने केन्द्रीय नोकरी गर्नु।  यसैमाथि लेखिरहेछु...

सङ्घर्ष दिदी वनाम दिदीमुनी
दिदीमुनी अर्थात शिक्षिका अनि दिदी मतलब मुख्यमन्त्री ममता ब्यानर्जी। दिदीमुनी पृथा विश्वास सहकर्मीहरूसित कलकत्ताको करुणामयस्थित सड़कमा दस दिनदेखि अनशनमा बसेकी छन्। अन्तत आज तिनी अचेत अवस्थामा पुगेपछि अस्पतालमा भर्ना गराइएको छ।
को हुन् त दिदीमुनी पृथा?
पृथा विश्वास एक प्राथमिक शिक्षिका हुन्। युयुपीटीए (USTHI UNITED PRIMARY TEACHERS ASSOCIATION) अराजनैतिक सङ्गठन 2017 देखि आरम्भ भएपछि यिनको नाम प्रकाशमा आएको हो।
किन आन्दोलनरत
पृथा विश्वाससितै बङ्गालका समग्र प्राथमिक शिक्षक-शिक्षिकाहरू अहिले आन्दोलनरत छन्। आमरण अनशनको दशौ दिन बितिसक्दा पनि पश्चिम बङ्गालका शिक्षामन्त्री अनि मुख्यमन्त्रीबाट केवल नकारात्मक टीका टिप्पणी मात्र आइरहेको छ। पश्चिम बङ्गालका प्राथमिक शिक्षक शिक्षिकाहरूले गरेका यो पहिलो आन्दोलन हो। शैक्षिक क्षेत्रमा एक समय समग्र देशमै गर्वसित नाम लिइने राज्यहरूमध्ये बङ्गालमा प्राथमिक शिक्षक शिक्षिकाहरू नै सड़कमा उत्रेर अधिकारको माग गनुपर्ने स्थिति पनि वर्तमान राज्यको शैक्षिक स्थानको अवनतिको कारण हो।
सङ्घीय ढाँचाको व्यवस्थामा शिक्षा कनकरेन्ट लिस्टमा पर्छ। समग्र देशको शैक्षिक स्तरलाई देखरेख गर्न साथै सुझाउ र आवश्यक पदक्षेप लिन NCTE केन्द्रीय निकाय बनाइएको हो। अन्य राज्यहरूमा NCTE को सुझाउ र निर्देश अनुरूप प्राथमिकदेखि उच्चत्तर विद्यालयसम्मै नियुक्ति अनि वेतन समन्धी कार्यान्वयन भएको हो। तर बङ्गालमा भने माध्यमिक अनि उच्च माध्यमिक विद्यालयहरूबाहेक त्यसको कार्यान्वयन भइरहेको थिएन। त्यसको कारण के थियो भने बङ्गालमा 23 वर्ष राज गर्ने वामफ्रण्टले केन्द्रीय आयोगको सुझाउ र अनुमोदनलाई अस्वीकार गरेर जसोतसो जबरजस्ती सत्ता चलाइरहेको थियो। माध्यमिक उत्तीर्ण गरेपछि पीटीटीआइ गरे पनि नगरे पनि प्राथमिकमा नियुक्ति दिइरहेको थियो। जबकि प्राथमिकमा नियुक्तिका लागि उच्च माध्यमिक परीक्षामा कम्तीमा 50% अनि दुई वर्षको डीईएलएड हुनैपर्ने केन्द्रीय आयोगको अनुमोदन हो। वामफ्रण्टले मानेन अनि प्राथमिक शिक्षक शिक्षिकाहरूलाई माध्यमिक तहको वेतन दिइरह्यो। तर वामफ्रण्ट सत्ताको अन्ततिर बङ्गालका सबै प्राथमिक शिक्षक शिक्षिकाको केन्द्रीय निकायको अनुमोदन अनुरूप शैक्षिक योग्यता हुनुपर्ने दबाउ आइसकेको थियो। अर्थात प्राथमिक शिक्षक शिक्षिकाहरूलाई केन्द्रीय निकायको अनुमोदन अनुसार शैक्षिक योग्यता आर्जन गर्नुपर्ने अनि सम्बन्धित राज्य सरकारले प्राथमिक शिक्षक-शिक्षिकाहरूलाई न्यायसङ्गत वेतन दिनुपर्ने स्थिति उति बेला नै आइसकेको थियो।
पश्चिम बङ्गालमा परिवर्तनको हावा चल्यो र वामफ्रण्ट धराशयी बन्यो। केन्द्रमा भाजपा थिएन तर दिदीले केन्द्रीय आयोगको सिफारिस अनुसार प्राथमिक शिक्षक शिक्षिकाहरूको शैक्षिक योग्यता मात्र बढ़ाउने काम गरिन्। हप्ताभरि पाठशालामा पढ़ाउने काम गरेर प्राथमिक शिक्षक शिक्षिकाहरूले शनिवार र आइतवार आफ्नो खर्चमा डीईएलएड गरे। उच्च माध्यमिकमा 50% नहुनेहरूले पुन परीक्षा दिए र नोकरीका लागि योग्य बने। हो वामफ्रण्ट कालीन भुल थियो। तर केन्द्रीय निकायको सुझाउ र अनुमोदन अनुरूप पश्चिम बङ्गालका शिक्षक शिक्षिकाहरूले शैक्षिक योग्यता आर्जन गरेका छन्। त्यसै शैक्षिक योग्यता अनुरूप उक्त केन्द्रीय निकायले तोकिदिएको वेतन (जो केन्द्रीय कर्मचारीको वेतनभन्दा कम्ती नै छ) तिनीहरूको अधिकार हो।
न्यायसङ्गत वेतनको माग गर्ने पश्चिम बङ्गालका प्राथमिक शिक्षक शिक्षिकाहरूले केन्द्रको समानुपातिक वेतन माग कदापि गरेका छैनन्। केन्द्रले सप्तम वित्तीय आयोग कार्यान्वयन गरेको कति भयो दिदी? राज्य कर्मचारी छैटौँ वित्तीय आयोगको माग गरिरहेका छन्। प्रशान्त किशोरले नै बुझिदेलान् कि। अनिल विश्वास बङ्गालका सर्वश्रेष्ठ चुनावी रणनीतिकार हुँदाहुँदै पनि प्राथमिक शिक्षक शिक्षिकाहरू वञ्चित थिए र अहिले स्वर भरिरहेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad